नेकपाद्वारा साबुन वितरण

प्रचण्ड खत्री
रुकुम पुर्ब, २० चैत । रुकुम पुर्वको भुमे गाउँपालिका ५ मा नेकपा वडा कमिटीले कोरोना भाइरस रोकथापका लागि सचेतना अभियान शुरु गरेको छ । बिहीबार वडा कमिटीले साबुन बितरण तथा घरदैलो अभियान कार्यक्रम सम्पन्न गरेको हो ।
वडा कमिटीको आर्थिक सहयोगमा वडामा रहेका प्रत्येक घरधुरीलाई हातधुने साबुन घरमै पुगेर बितरण गरिएको वडाकमिटी सदस्य रामकुमार बुढामगरले जानकारी दिनुभयो । घरदैलोमै पुगेर नेकपाका कार्यकर्ताहरुले कोरोना भाइरस सम्वन्धी जानकारी दिनुका साथै यसका लागि सतकर्ता अपनाउन वडावासीलाई अनुरोध गरेका थिए ।
नेकपाले भुमे गाउँपालिकाका सेराबाङ्गमा १ सय ३८, डालीबाङ्गमा १ सय ५ र उपल्लो साकिममा ६५ घरधुरी गरी ३ सय ८ साबुन वितरण गरिएको नेकपा वडा कमिटी अध्यक्ष राजु बुढाले जानकारी दिनुभयो । अभियानमा गाउकमिटी सचिव दल बहादुर विक, वडा कमिटी सचिब प्रेमा कुमाकुमारी पुन, वडा सदस्य रामकुमार बुढा लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २० चैत्र २०७६, बिहीबार १७:२९