
इन्द्र बुढाथोकी
सल्यान, २० चैत
बनगाड कुपिण्डे नगरपालिका वडा नं. ४ ले कोरोना भाइरस ९ऋयखष्म(ज्ञढ) सम्बन्धी सरोकारवालाहरुसङ्ग वडा स्तरीय छलफल सम्पन्न गरेको छ । वडा कार्यालय गर्चेमा आज विपद् व्यवस्थापन समिति अध्यक्ष तथा वडाध्यक्ष मोमत रोकाको अध्यक्षतामा छलफल कार्यक्रममा विभिन्न निर्णयहरु समेत गरेको छ ।
विपद् व्यवस्थापन समितिले भारत तथा तेस्रो मुलुक बाट आएका नेपाली नागरिक पहिचान गरी होम क्वारेन्टाइन बस्न अनुरोध गर्ने र अब आउने नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ नगरले बनाएको क्वारेन्टाइन बस्न अनुरोध गर्ने निर्णय गरेको छ । भारत बाट नेपाल आउने भनी बाटोमा अलपत्र परेका वडाका भित्रका व्यक्तिको लगत राखी सम्बन्धि निकायमा पहल गरि घर ल्याउने बाताबरण तयार गर्ने निर्णय गरिएको वडाध्यक्ष मोमत रोकाले जानकारी दिनुभयो ।
यस्तै बैठकले लकडाउनको बेला खाना समस्या भएका घरपरिवार पहिचान गरि वडा हुँदै नगरमा सिफारिस गर्ने तथा शुक्रबारदेखि वडा कार्यालयको तर्फबाट कोरोना भाइरस सम्वन्धी जनचेतनामूलक सन्देश घरघरमा गएर दिने निर्णय गरेको छ । यसका लागि शुक्रबार देखिनै अभिान सञ्चालन गर्ने वडाध्यक्ष रोकाले वताउनुभयो । कोरोना भाइरस सम्बन्धि कार्यक्रम गर्ने बनगाड कुपिण्डे नगरपालिका पहिलो वडा कार्यालय रहेको छ ।
प्रकाशित मिति: २० चैत्र २०७६, बिहीबार १७:५२