
प्रचण्ड खत्री
जाजरकोट, २० चैत ।
जुनिचाँदे गाउँपालिकाका जनप्रतिनिधिहरु भत्ता तथा गाउँपालिकामा कार्यरत कर्मचारीहरुको ५ दिन बवारवरको रकम विपद् व्यवस्थापन कोषमा जम्मा गरिने भएको छ । कोरोना भाईरसबाट जोगिनका लागि सवै जनप्रतिनिधि र कर्मचारीको श्रेणी अनुसारको पाउने तलव, भत्ताबाट विपद् कोषमा जम्मा गरी जनतालाई सेवा प्रवाह गर्न लागिएको हो ।
कभरखवरसंगको कुराकानीमा गाउँपालिकाकी उपाध्यक्ष शिवा आचार्यले कोरोना भाइरस रोकथामका लागि गाउँपालिकाले कोष स्थापना गर्न लागिएको जानकारी दिनुभयो । त्यस्तै गाउँपालिकामा करारमा नियुक्त भएका कर्मचारीहरुको ५ लाख बराबरको बीमा गर्ने निर्णय भएको उपाध्यक्ष अचार्यले जानकारी दिनुभयो ।
जुनिचाँदे गाउँपालिका – ५ स्यालामा सामुदायिक स्वास्थ्य एकाई स्थापना गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिनुभयो । लकडाउनका कारण छाक टार्न समस्या भएका विपन्न परिवारहरुलाई, असाह्य बर्ग , गरीव तथा वेरोजगारलाई खाद्यान्न लगायतका सामग्री वितरण गर्ने उहाँले बताउनुभयो ।
प्रकाशित मिति: २० चैत्र २०७६, बिहीबार १८:११