सुर्खेतको सिम्तामा १५ हजार लिटर किटनाशक औषधी छर्कदै

इन्द्र बुढाथोकी
सल्यान २१ चैत्र । सुर्खेतको पुर्वी सिम्तागाउपालिमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि औषधि छरेको छ । उक्त गाउपालिकाका भित्र दमकलको पहुँच पुग्ने विभिन्न स्थान ठाउँहरुमा १५ हजार बढी कोलोरिन पाउडर भाइरस किटनाशक औषधि छर्किन लागेको हो ।
गाउपालिका क्षेत्रमा छिन्चु जाजरकोट डोल्पा सडक पर्ने भएकोले कोरोना भाइरसको जोखिम हुने भएकोले किटनासक औषधि छर्कन लागेको सिम्ता गाउपालिका अध्यक्ष कविन्द्र कुमार केसीले जानकारी दिनु भएको छ । अध्यक्ष केसीका अनुसार राकमको पुलबजार, जामुनेबजार, चौर, ज्यामिरचौर, गोजिवजार, लुकुइ, औलझ्याम गजौड, वालिखोला क्षेत्रमा छर्किने तयारी रहेको छ । यस्तै कालीखोला, तारकुला, बाँखर्क, छेडावजार, आलि लगाएत दमकलको पहुँचमा रहेका स्थानमा गरि १५ हजार लिटर कोलोरिन पाउडर (चाइरस)किटनासक औषधी छर्किएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।
गाउँपालिकाको आर्थिक सहयोग र गाउँ स्वास्थ्य शाखाको आयोजनामा सिम्ताका विभिन्न क्षेत्रमा उक्त किटनासक औसधि छर्किएको हो । फोहरमैला तथा विभिन्नखाले किटाणु भाइरस नियन्त्रण तथा उन्मुलमा यसले सहयोग गर्ने गाउँ स्वास्थ शाखा संयोजक विरेन्द्र पुनले जानकारी दिनु भएको छ । कोरोना भाइरस रोकथाम तथा पुर्व सतर्कताको लागि सिम्ताले चरण चरणमा योजनावद्व रुपमा काम गरेको छ ।
यस अघिनै गाउँपालिकाले ५० शैयाको क्वारेन्टाइन समेत व्यवस्थापन गरिसकेको छ भने ९ वटै वडा कार्यालयमा पनि छुट्टै विपद् व्यवस्थापन समितिले पनि घरमै पुगेर जनचेतनामूलक कार्यक्रम गरिरहेको छ । अहिलेसम्म गाउँपालिकामा कुनै संकास्पद विरामी नभेटिएको गाउपालिकाले जनाएको छ ।

प्रकाशित मिति: २१ चैत्र २०७६, शुक्रबार १४:२७