बाँफिकोट गाउँपालिकाले बिपन्नलाई राहत वितरण गर्ने

प्रचण्ड खत्री
पश्चिम रुकुम, २१ चैत । रुकरम पश्चिमको बाँफिकोट गाउँपालिकाले बिपन्न तथा गरिब परिवारहरुलाई रहात वितण गर्ने भएको छ । शुक्रबार गाउँपालिकाको आकास्मिक रुपमा बसेको वैठकले गरिव तथा बिपन्न परिवारहरुलाई खाद्यान्न बितरण गर्ने निर्णय गरेको हो ।
गाँउपालिकाले सबै वडाहरुबाट गरिब तथा बिपन्न परिवारहरुको तथ्याकं संकलन गरिसकेपछि रहात प्याकेज बितरण गरिने बाफिकोट गाउँपालिकाका अध्यक्ष धर्म बहादुर केसीले जानकारी दिनुभयो ।
संघिय सरकारले तोकेको मामदण्ड अनुसार बिपन्न तथा गरिब परिवारलाई ३० केजी चामल, २ प्याकेट नुन, २ बोतल खानेतेल बितरण गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत महेश गुरुङले जानकारी दिनुभयो ।
बैठकले सातदिन भित्र तथ्याकं संकलन गरी रहात वितरण गर्ने गाउँपालिकाले जनाएको छ । ज्याला तथा मजदुरी गरेर खाने तर देश लकडाउन भएका कारण मजदुरी गर्न नसकेकोले गाउपालिकाले राहत वितरण गर्न लागेको हो ।

प्रकाशित मिति: २१ चैत्र २०७६, शुक्रबार १४:४६