रुकुम पश्चिमका दोस्रो ब्यक्तिमा पनि कोरोना ‘नेगेटिभ’

प्रचण्ड खत्री
रुकुम पश्चिम, २१ चैत । रुकुम पश्चिमका दोस्रो ब्यक्तिमा गरिएको कोरोना परीक्षणमा नेगेटिभ आएको छ । भारतको ब्याङलोरबाट आएका २५ बर्षिय युबामा कोरोनाको शंका भएपछि परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौमा पठाएको थियो ।
कोरोनाको आशंकामा चैत्र १८ गते ती युवा जिल्ला अस्पताल सल्ले पुग्नु भएको थियो । उहाँलाई कोरोना आशंकामा मुसिकोट बहुमुखी क्याम्पसको क्वारेन्टाइन राखेर १७ गते स्वाब संकलण गरेर काठमाडौ पठाइएको थियो ।
उनको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल का निमित्त स्वास्थ सेवा ब्यबस्थापक डा महेश चौलागाईंले जानकारी दिनुभयो । उक्त युबा ७ गते घर आईपुगेका र १३ गते क्वारेन्टाइनमा बस्नुभएको थियो । यस अघि पनि आठबिसकोटका युबामा पनि कोरोना नेगेटिभ आएको थियो ।

प्रकाशित मिति: २१ चैत्र २०७६, शुक्रबार १७:४१