बनगाड कुपिण्डे नगरपालिकामा १८ हजार लिटर किटनशक औषधी छर्किदै

इन्द्र बुढाथोकी
सल्यान, २२ चैत, सल्यानको पश्चिम बनगाड कुपिण्डे नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि औषधि छर्केको छ । नगरपालिका भित्र दमकलको पहुँच पुग्ने विभिन्न स्थान ठाउँहरुमा १८ हजार लिटर बढी क्लोरिन पाउडर शनिवार छर्किन शुरु गरेको हो ।
नगरपालिकाको क्षेत्रमा पाँच जिल्लाको नाका तथा अन्य जिल्लाका मान्छेहरू आवात जावत गर्ने छिन्चु जाजरकोट डोल्पा र सल्ली चौरजहारी सडक पर्ने भएकोले किटनाशक औषधि छर्किन लागेको बनगाड कुपिण्डे नगरपालिका प्रमुख गोविन्द कुमार पुनले जानकारी दिनुभयो ।
नगरपालिकाको आर्थिक सहयोग र नगर स्वास्थ्य शाखाको आयोजनामा देवस्थल, सल्लीबजार, च्युरा, नाथेखोला, सुनौलीबजार, बालुवा सङ्ग्रही, ढोरपिपिल, रैकर लगाएतको दमकलको पहुँचमा रहेका स्थानमा गरि १८ हजार लिटर क्लोरिन पाउडर (चाइरस)किटनासक औषधी छर्किएको नगर उप प्रमुख मन्जु यरिले बताएकी छन ।
फोहरमैला तथा विभिन्न खाले किटाणु भाइरस नियन्त्रण तथा उन्मुलनमा यसले सहयोग गर्ने नगर स्वास्थ शाखा प्रमुख बासुदेव पोखरेलले जानकारी दिनुभयो । कोरोना भाइरस रोकथाम तथा पुर्व सतर्कताको लागि बनगाड कुपिण्डे नगरपालिकाले चरण चरणमा योजनावद्व रुपमा काम गरेको छ । नगरपालिकाले यस अघि नै प्रभाकर मावि देवस्थलमा २० बेडको क्वारेन्टाइन समेत व्यवस्थापन गरिसकेको छ ।
विपद व्यवस्थापन समितिले पनि घरमै पुगेर जनचेतनामूलक कार्यक्रम गरिरहेको छ । अहिलेसम्म नगरपालिकामा कुनै संकास्पद विरामी नभेटिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: २२ चैत्र २०७६, शनिबार १२:५१