युवा संघले वितरण गर्यो  मास्क र साबुन

युवा संघले वितरण गर्यो  मास्क र साबुन
प्रचण्ड खत्री
रुकुम पश्चिम,२२ चैत । विप्लव निकट नेकपाको भातृ संगठन युवा संघ नेपाल रुकुम पश्चिमले दुई स्थानीय तहमा मास्क र साबुन वितरण गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाईरस ( कोभिट १९ ) बाट बच्न मास्क र साबुनको प्रयोग बढी मात्रामा गर्नुपर्ने र बजारमा नपाइने समस्या भएकोले युवा संघले मास्क र साबुन वितरण गरेको बताएको छ ।
जिल्लाको आठबिसकोट नगरपालिकाको वडा न . १० को काफलचौर टोल र चौरजहारी नगरपालिकाको वडा न. ६ को घर्तिकाँडामा साबुन र मास्क वितरण गरेको युवा संघका जिल्ला अध्यक्ष डिल्लीराज शर्माले बताउनुभयो । उहाँका अनुसार दुईवटा नगरपालिकामा ३ सय ५० मास्क् र ३ सय ५० साबुन वितरण गरिएको छ ।
“हामी हाम्रो स्रोत साधनले भ्याएसम्म नगरपालिकाको सबै वडामा वितरण गर्छौ” जिल्ला अध्यक्ष शर्माले भन्नुभयो “तर सुरक्षाको हिसाबले हामी जुन टोल सुरक्षित हुन्छौं उक्त टोलमा मात्र वितरण गर्छौ”

प्रकाशित मिति: २२ चैत्र २०७६, शनिबार १३:०५