बनगाड कुपिण्डे नगरपालिकाका सवै स्वास्थ्य केन्द्रहरुमा स्वास्थ्य सामाग्री पुग्यो

इन्द्र बुढाथोकी
सल्यान, २३ चैत । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका सबै स्वास्थ्य चौकीहरुमा कोरोना भाइरस रोकथाम सम्बन्धी स्वास्थ्य सामाग्री पु¥याइएको छ । नगरपालिका भित्रका ७ वटा स्वास्थ्य चौकी र २ वटा शहरी क्लिनिकमा आइतबार सामाग्री पुगेको हो ।
नगरपालिकाले बामे, च्युरा, घाजरीपिपल, देवस्थल, माझकाडा, जयतपानी र निगाल्चुला स्वास्थ्य चौकीमा पिपिइ ३÷३ वटाको दरले उपलव्ध गराएको हो । यस्तढोरपिपल र थापाचौर शहरी स्वास्थ्य केन्द्र १÷१ वटा पिपिइ वितरण गरिएको नगर स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेलले जानकारी दिनुभयो ।
शाखा प्रमुख पोखरेलका अनुसार सबै स्वास्थ्य चौकीहरुमा पिपिइ, मास्क, सेनिटाइजर, क्लोरिन झोल, ग्लोव्स तथा स्वास्थ्य सुरक्षाका उपकरण सहित कोरोना सम्बन्धी अति आवश्यक सामाग्रीहरु स्वास्थ्य संस्थाहरुमा उपलव्ध गराइएको पोखरेलले जानकारी दिनुभयो ।
यसैबीच बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार पुन, उप प्रमुख मञ्जु यरी, स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेलले स्वास्थ्य संस्थाहरुको अनुगमन गर्नुभएको छ । स्वास्थ्य संस्थाहरुको अनुगमनका क्रममा अवस्थाका बारेमा जानकारी लिने तथा आवश्यक निर्देशन दिएको उप प्रमख मञ्जु यरीले जानकारी दिनुभयो ।
“अनुगमनका क्रममा स्वास्थ्यकर्मीहरुको मनोबल वढाउन तथा उहाँहरुलाई उत्साहित बनाउनका लागि नगर भित्रका सवै स्वास्थ्य संस्थाहरुमा अनुगमनमा जान्छौं,” उप प्रमुख यरीले भन्नुभयो ।

प्रकाशित मिति: २३ चैत्र २०७६, आईतवार १७:०९