गौरिफन्टा नाकाबाट आएका रुकुमका युवा बाँकेमा

प्रचण्ड खत्री
रुकुम पश्चिम, २४ चैत । गौरीफन्टा नाकाबाट आएका रुकुमका एक युवा बाँके जिल्लामा भएको पुष्टि भएको छ । चैत १२ गते गौरीफन्टा नाकाबाट नेपाल भित्रिएका ९ सय ९९ जना मध्ये एक जना मुसिकोट १ घर भएका २५ बर्षिय युवा बाँके जिल्लामा रहेको पुष्टि भएको हो ।
उनि राप्ती सोनारी गाउँपालिका ५ बालापुरमा रहेको मुसिकोट नगरपालिकाका निमिन्त्र प्रमुख प्रशासकिय अधिकृत नरबिर खड्काले जानकारी दिनुभयो । कभर खवर रुकुम (पुर्व, पश्चिम) संवाददाताले गौरीफन्टामा रहेको हेल्थ डेस्कमा सम्पर्क गरेपछि १ युवा रुकुमका पनि रहेको पाइएको थियो । यस सम्वन्धी विभिन्न मिडियाहरुबाट प्रसारण भएपछि युवाको खोजी तिव्र पारिएको थियो ।

प्रकाशित मिति: २४ चैत्र २०७६, सोमबार १७:३०