कभरखवर
सल्यान, २६ चैत
मुक्तिनाथ विकास बैंक शाखा कार्यालय श्रीनगरले दुइ स्थानीय तहमा खाद्य सामाग्री हस्तान्तरण गरेको छ । सररकाले देशमा लकडाउन घोषणा गरेसंगै विपन्न परिवारहरुका लागि बैंकले एक लाख बरावरको खाद्य सामाग्री बुधबार हस्तान्तरण गरेको हो ।
बैंकले शारदा नगरपालिका र छत्रेश्वरी गाउँपालिकालाई ५०÷५० हजार रुपैयबराबरको खाद्य सामाग्री हस्तातरण गरिएको मुक्तीनाथ बैक श्रीनगर शाखाका प्रबन्धक सुनिलल रेग्मीले जानकारी दिनुभयो ।
सम्भावित कोरोना संक्रमणको जोखिमलाई न्युनिकरण गर्नका लागि सरकारले २ साता अघि देखि लकडाउन गरेकोले ज्याला मजदुरी गरेर गुजारा चलाउने परिवारलाई समस्या भएको भन्दै सहयोग उपलव्ध गराएको प्रबन्धक रेग्मीले जानकारी दिनुभयो ।
समाग्रीहरु स्थानीयतहले सरकारले तय गरेको मामदण्ड अनुसार एकद्वार प्रणाली मार्फत प्रभावितहरुलाई हस्तान्तरण गरिने स्थानीय तहहरुले जनाएका छन् ।
प्रकाशित मिति: २६ चैत्र २०७६, बुधबार १७:५६