बैदेशिक रोजगारीमा रहेकाहरुको तथ्याङ्क संकलन सम्पन्न

इन्द्र बुढाथोकी
सल्यान, ३ बैशाख । सल्यान पश्चिम रहेको बनगाड कुपिण्डे नगरपालिकामा बैदेशिक रोजगारीमा रहेकाहरुको बिवरण संकलन गरिएको छ । नगरपालिकाको वडा नंं ४ र ५ मा बैदेशिक रोजगारीमा रहेका सम्पुर्ण विविरणहरु संकलन गरिएको हो ।
कोरोना संक्रमणलाई पैmलिन नदिनका लागि वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुको विवरण संकलन गरिएको र फर्केलगत्तै उनिहरुलाई क्वारेन्टाइनमा राखिने गरी तयारी गरिरहेको ति वडाहरुले जनाएका छन् । संकलन गरिएको तथ्यांक अनुसार नगरपालिकाको वडा नं. ४ मा ५ सय २३ जना भारत, ४५ जना मलेसिया, ५ जना कतार, ५ जना साउदी अरेबिया, १ जना युरोप गरी ५ सय ७९ जना देश बाहिर रहेको वडाध्इक्ष मोमत रोकाले जानकारी दिनुभयो
यस्तै वडा नं. ५ बाट ७ सय ३८ जना भारत तथा अन्य मुलुकमा रोजगारीको शिलशिलामा रहेको वडाध्यक्ष कमल बिकले जानकारी दिनुभयो । तथ्याकं संकलनका लागि नगरपालिकाले कर्मचारी खटाएकोमा वडाध्यक्षहरु समेत टोल टोलमा पुगेर तथ्याङ्क संकलन गरिएको जनाइएको छ ।
नगरपालिकाको वडा नं. ४ मा ५ सय २७ र वडा नं. ५ मा ७ सय ३८ घरधुरी रहेको वडाध्यक्षहरुले जानकारी दिनुभएको छ । बैदेशिक रोजगारीबाट आउने जो सुकैलाई पनि अनिवाय क्वारेन्टाइनमा वस्ने गरी व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: ३ बैशाख २०७७, बुधबार २०:०२