बाफिकोटमा दुई जनमा कोरोना शंकास्पद देखिएपछि थप परीक्षणका लागि टेकु पठाइयो

प्रचण्ड खत्री
पश्चिम रुकुम, ४ वैशाख रुकुम पश्चिमका दुई जनामा कोरोना परीक्षण रिपोर्ट शंकास्पद देखिएको छ । कर्णाली प्रदेश अस्पतालमा गरिएको नमुना परिक्षणबाट जिल्लाको बाँफिकोट गाउँपालिका–६ मग्माका दुई जनाको रिपोर्ट शंकास्पद देखिएको जिल्ला अस्पताल सल्लेका डाक्टर राजकुमार भुजेलले जानकारी दिनुभयो ।
उहाँहरु चैत ४ र चैत ९ गते भारतबाट गाउँमा आएको स्थानीयको भनाई छ । भारतलगायत विदेशबाट आएकाहरुको नमुना संकलन गरेर चैत २९ गते परिक्षणका लागि सुर्खेत पठाइएको थियो । जिल्लाबाट ४१ जनाको नमुना संकलन गरेर परिक्षणका लागि पठाइएको भएपनि अन्य ३९ जनाको रिपोट नेगेटिभ आएपनि दुई जनाको रिपोर्ट शंकास्पद आएको डाक्टर भुजेलको भनाइ छ ।
नमुना संकलन गर्दा उनीहरु दुबै जनालाई कोरोनाको कुनै लक्षण देखिएको थिएन । यद्यपि उनीहरु होम क्वारेन्टाइनमा बस्दै आएका थिए । प्रदेश अस्पतालमा रिपोट शंकास्पद देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंस्थित टेकु पठाइएको डाक्टर भुजेललको भनाइ छ ।
अहिले दुबै जनालाई होम कवारेन्टाइनबाट अहिले जिल्लाको चौरजहारीमा स्थापना गरिएको आइशोलेसनमा पु¥याइएको छ । अव उहाँहरुको परिवार र गाउँका अन्य व्यक्तिलाई कोरोना संक्रमण भए वा नभएको बारे अहिले कुनै जानकारी नभएको र अब थप परिक्षण गर्नुपर्ने अवस्था आएको बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश गुरुङले बताउनुभयो ।
रुकुममा अहिले थप सतर्कता समेत बढाइएको र सुरक्षा व्यवस्था र सीमा क्षेत्रमा सुरक्षकर्मी थप गरिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ४ बैशाख २०७७, बिहीबार ११:१५