पश्चिम रुकुममा २ पर्यटक सहित ७ जना अलपत्र

प्रचण्ड खत्री
रुकुम पश्चिम्, ४ वैशाख । पश्चिम रुकुमको बाँफिकोट गाउँपालिकमा २ जना विदेशी पर्यटक सहित ७ अलपत्र परेका छन् । कोरोना भाइरस रोकथामका लागि सरकारले देश लकडाउन गरेपछि २ जना फ्रान्सेली नागरिक र ३ जना उनिहरुका सहयोगी विचबाटोमै अलपत्र परेका हुन् ।
अलपत्र पर्नेमा फ्रान्सेली नागरिक ब्रिजित ह्यामजोर , लोरेन्ट, पर्यटन व्यावसायिक तथा उनिहरुका टिमलिडर मान बहादुर खत्री , सहयोगिहरु भिम मगर , दान बहादुर मगर , दोर्जे राई , र मदन राई गरि ७ जना रहेका छन् ।
उनिहरु काठमाडौबाट रोल्पाको जलजला हुदै रुकुम पश्चिम् हुँदै बाफिकोट आईपुगेका हुन । उनिहरु अहिले पर्यटन व्यावसायिक मान बहादुर खत्रीको घरको होम क्वारेन्टाइनमा बसिरहेका छ्न । उनिहरु चैत उनिहरु गत चैतमा जलजला , रुकुम पश्चिम् , जाजरकोट , रुकुम पुर्ब , ढोरपाटन , तानसेनका विभिन्न हिमश्रृङखलाहरु र तालहरु हेर्न भनी यान्टालान्टा माउन्टिङ्ग एन्ड ट्रेकिङ कम्पनीबाट आएको सहयोगी दान बहादुर मगरले बताउनुभयो । फ्रान्सेली नागरिकहरू यहि कम्पनिबाट ४० दिने भिसामा नेपाल भ्रमणमा आएका थिए । उनीहरुको भिसा सकिन अब १० दिन बाकी रहेको सहयोगी मगरले बताउनुभयो ।
उनिहरु बाफिकोट गाउँपालिका ४ लोछाबाङ स्थित हर्लाबोट गाउँमा बसिरहेका छ्न । उनिहरुलाई खान बस्नको समस्या भएपछि वडा नम्बर ४ ले ३० के जी चामल, २ के जी दाल, २ पोका नुन , १ बोतल तेल सहयोग गरेका थियोे । उनिहरुलाई खान बस्न निकै अपठेरो हुनथालको छ । नेपाली पैसा सकिएको र डलर नचल्ने भएकाले झन उनिहरु मारमा परेका हुन् ।

प्रकाशित मिति: ४ बैशाख २०७७, बिहीबार १६:०१