सिम्तामा कोरोना राहत कोषमा रकम थपिने क्रम जारी

इन्द्र बुढाथोकी
सल्यान, ५ वैशाख । सुर्खेतको सिम्ता गाउँपालिकाले स्थापना गरेको कोरोना राहत कोषमा रकम थपिने क्रम जारी रहेको छ । विश्व महामारी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ लाई सहयोग होस भन्दै शुक्रबार सिम्ता बहुमुखी क्याम्पस सिम्ताका प्राध्यापक तथा कर्मचारीहरुको तर्फबाट सहयोग गरिएको छ ।
ञ क्याम्पस प्रमुख वकिल बस्नेतले निमित्त प्रमुख प्रशसकिय अधिकृत टोप बहादुर राना, २५ हजारको चेक हस्तान्तरण गर्नु भएको छ । चेक हस्तान्तरण कार्यक्रममा गाउपालिका अध्यक्ष कविन्द्र कुमार केसी, स्वास्थ्य शाखा प्रमुख विरेन्द्र पुन लगाएको उपस्थिति रहेको थियो
राहता कोषमा क्याम्पस प्रमुख वकिल बस्नेतले ५ हजार रुपैया , सुर्यप्रकाश चन्दले ५ हजार, प्रकाश शर्माले ५ हजार, रमेश कुमार चन्दले ५ हजार, लक्ष्मी बस्नेतले २ हजार ५ सय, सन बहादुर बुढाले २ हजार ५ सय गरेर जम्मा २५ हजार रुपैया कोषमा जम्मा गरिएको हो ।
राहत कोषमा जम्मा भएको रकम गाउँपालिका भित्र कोरोना रोकथामका लागि खर्च गरिने गाउँपालिका अध्यक्ष केसीले जानकारी दिनुभयो । साथै सहयाग गर्ने सवैमा धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

प्रकाशित मिति: ५ बैशाख २०७७, शुक्रबार १९:०४