नेपालमा एकैदिन थपिए १४, कोरोना संक्रमितको संख्या ३० पुग्यो

कभरखवर डेस्क
सल्यान, ५ वैशाख । नेपालमा शुक्रबार १४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको हो । उदयपुरमा १२ जना र चितवनमा २ जना नयाँ कोरोना संक्रमित थपिएसंगै कोरोना संक्रमितको संख्या ३० पुगेको हो ।
उदयपुरमा शुक्रबार थपिएका १२ जना मध्ये केही भारतीय रहेको जनाइएको छ । उनिहरु ३४,२६,२९,२८,२८,२८,२२,२५,२०, ४० र २९ बर्षका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनिहरु सवै पुरुष रहेका छन् । यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार चितवनमा पनि २ जनाका कोरोनाको पुष्टि भएको छ । उनिहरु २७ बर्षिय पुरुष र ६३ बर्षिय महिला रहेको र उनिहरु आमा छोरा रहेको बताइएको छ ।
यसैबीच यस अघि कोरोना संक्रमित बागलुङकी ६५ बर्षिय महिलामा कोरोना नेगेटिभ देखिएको छ भने पहिलो कोरोना संक्रमित व्यक्ति निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति: ५ बैशाख २०७७, शुक्रबार २१:१५