किट अभावमा र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) स्थगित

रमेशकुमार वली
सल्यान ५, बैशाख (कभरखवर डेस्क) आबश्यर्क र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) किट अभावमा सल्यानमा कोरोना भाइरसको परिक्षण स्थगित गरिएको छ । जिल्लाका ६ वटा स्थानिय तहमा परिक्षण हुदाँ जिल्लामा प्राप्त भएको किट सकिएपछि बाँकी स्थानिय तहको परिक्षण स्थगित गरिएको हो ।
जिल्लामा प्रदेशले पठाएको सबै किट सकिएकाले जिल्लाका ४ वटा स्थानिय तहमा कोरोना परिक्षण गर्न कार्यक्रम तत्कालका लागी स्थगित गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढाले जानकारी दिनुभयो । चैत १ गते यता भारत सहित तेस्रोमुलुक बाट फर्किएका सबैर्को र्‍यापिड टेष्ट गर्ने कार्यक्रम तय भएपनि किट अभावमा स्थगित गरिएको उहाँको भनाई छ ।
सल्यान अस्पतालले २ वटा टोली वनाएर जिल्लाका बिभिन्न स्थानिय तहमा बिदेश बाट आएकाको कोरोना परिक्षण गर्न बिहीवार देखी शुरु गरेको थियो । जसमा बिहीबार मात्रै २ सय ६३ जनाको जाँच गरिएको थियो । यस्तै आज २ सय ३२ जनार्को र्‍यापिड टेष्ट गरिएको छ । कुमाख गाउपालिकामा १ सय १३, छत्रेश्वरी गाउपालिकामा ६८ र सिद्धकुमाख गाउपालिकामा ५१ जनाको कोरोना परिक्षण गरिएको छ । ती सवैको रिपोर्ट नेगेटिभ आएको छ ।
तर आगामी दिनका लागी तय भएको परिक्षण कार्यक्रम भने स्थगित भएका छन् । जिल्लाको शारदा नगरपालिका र बागचौर नगरपालिकामा शनिवार तथा आईतबार वनगाड कुपिण्डे नगरपालिका र कालिमाटी गाउँपालिकामा कोरोनाको परीक्षण गर्ने कार्यक्रम तय भएको थियो । यस अघि जिल्लामा २ सय ६३ जनामा गरिएको टेष्टमा भने सवैको रिपोर्ट नेगेटिभ देखिएको थियो ।

प्रकाशित मिति: ५ बैशाख २०७७, शुक्रबार २१:३३