सल्यानमा र्‍यापिड टेष्टमा एक युवाको ‘पोजेटिभ’ रिपोर्ट

रमेशकुमार वली
सल्यान,८ वैशाख  सल्यानमा कोरोना र्‍यापिड टेष्ट गर्दा पोजेटिभ रिपोट आएको छ । शारदा नगरपालिका १ शितलपाटीमा गरिएको कोरोना भाइरस संक्रमण ((कोभिड–१९) दु्रत परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको हो ।
शारदा नगरपालिकाले नगरपालिकाका दुई स्थानमा र्‍यापिड टेष्ट गरिएकोमा ३२ बर्षिय एक युवामा पोजेटिभ देखिएको हो । युएइबाट गत चैत ६ गते सल्यान आएका युवाको र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढाले जानकारी दिनुभयो ।
रिपोट पोजेटिम देखिएपछि पिसिआर जाँचका लागि स्वाब संकलन गरी सुर्खेत पठाउने तयारी गरिएको डा बुढाको भनाई छ । युवालाई जिल्ला अस्पताल सल्यानको आइसोलेशनमा राखेर उपचार शुरु गरिएको अस्पतालले जनाएको छ । “अहिले युवाको परिवारका सदस्यहरुलाई समेत अस्पतालमा ल्याएर अरडिटी जाँच गर्न शुरु गरेका छौ, उहाँको अवस्था भने अहिले सामन्य छ” डा बुढाले भन्नुभयो

यस अघि सल्यानमा ४३ जनाको पिसिआर गरिएको छ भने ५ सय ९७ जनाको यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) टेष्ट गरेकोमा सवैको रिपोट नेगेटिभ आएको थियो ।

प्रकाशित मिति: ८ बैशाख २०७७, सोमबार १८:३७