पश्चिम रुकुमको बाफिकोट १० मा राहत वितरण

प्रचण्ड खत्री
रुकुम पश्चिम, १० वैशाख ।
बाफिकोट गाउँपालिका वडा नम्बर १० मा राहत बितरण गरिएको छ । कोरोना भाइरसको कारण देश लकडाउनका कारण दैनिक जीवनयापन गर्न कठिनाइ भोग्दै आएका परिवारहरूको विवरण सङ्कलन गरी वडा कार्यालयबाट राहत वितरण गरिएको हो ।
असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक तथा असाहयहरुलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड २०७६ अनुसार वितरण गरिएको वडा अध्यक्ष अर्जुन चन्दले बताउनुभयो । टोल स्तरबाट सङ्कलन भएको तथ्याङ्कमा पूर्ण छलफल गरी एक परिबारलाई ३० के जी चामल , २ के जस् दाल, २ लिटर तेल , १ के जस् नुन बितरण गरिएको चन्दको भनाई छ । त्यस्तै वडा कार्यलयको तर्फबाट २५ के जी चामल , १ के जी दाल , १ लिटर तेल , आधा के जी नुन बितरण गरिएको वडा कार्यलयले जनाएको छ ।
बाफिकोट गाउँपालिका वडा नम्बरको १० को सबै टोलको पायक पर्ने केन्द्र गाराघाटमा सबैलाई जम्मा गरी राहात बितराण गरिएको वडा सदस्य तिलक बहादुर खडकाले जानकारी दिनुभएको छ ।
दैनिक ज्यालादारी , मजदुरी गरेर जीविकोपार्जन गर्ने र विपन्न समूहलाई राहत वितरण गरेका छन् । दिनभर काम गरेर साँझ बिहानको छाक जुटाउनेको समस्या भएका, जागिरी, पेशा, व्यवसाय, खेतवारी वैदेशिक रोजगारीमा नभएकाहरु लाई वितरण गरिएको हो ।
त्यसैगरी वडाका बिपन्न परिबारका एकल महिला, अपाङ्ग, दीर्घरोगी, जेष्ठ नागरिकहरुलाई समेत गरि जम्मा २ सय १० जनालाइ राहत सहयोग बितरण गरिएको वडा सदस्य खड्काले बताउनुभयो ।
राहत वितरण कार्यक्रममा वडा अध्यक्ष अर्जुन चन्द , कार्यपालिका सदस्य तारा बुढा , वडा सदस्यहरु तिलक बहादुर खड्का , राम बहादुर जैसी वडा सचिब , कार्यलय सहयोगी लगायतको सहभागिता रहेको थियो । यस अघि वडा नम्बर १० समाजसेवी तथा पुर्ब स्वास्थ्यकर्मी हरी चन्दले वडाका सबै टोललाई मास्क बितरण र गाउँपालिकालाई स्वास्थ्य सामाग्री उपलब्ध गराउनुभयको थियो ।

प्रकाशित मिति: १० बैशाख २०७७, बुधबार १५:०९