सल्यानमा लकडाउनकाे एक महिने रिपाेर्ट कार्डः ३ हजार ८ सय ३८ लाइ राहत, ८ सय ६७ काे परिक्षण

लकडाउनको एक महिनाको अवधिमा सल्यान जिल्लामा कसैलाई पनि कोरोना भाइरस भेटिएको छैन । कोरोना र्यापिड टेष्ट गर्दा पोजेटिभ रिपोर्ट आएका एक युवाको पिसिआर परिक्षण नेगेटिभ आएको छ । शारदा नगरपालिका १ शितलपाटीमा गरिएको कोरोना भाइरस संक्रमण ((कोभिड–१९) द्रुत परीक्षणमा रिपोर्ट  पोजेटिभ देखिएको थियो । रिपोट पोजेटिम देखिएपछि पिसिआर जाँचका लागि स्वाब संकलन गरी सुर्खेत पठाउदा पिसिआर परिक्षण नेगेटिभ देखिएकाे हाे ।

एक महिनाको अवधिमा जिल्लाका १० वटै स्थानिय तहले ५ सय ९ वटा क्वारेन्टाइन तयारी अवस्थामा राखेका छन् । अहिले सम्म क्वारेन्टाइनमा ३ सय २४ जनालाई क्वारेन्टाइनमा राखिएकोमा १ सय २४ जना घर फर्किएका सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले बताउनुभयो ।

यो अवधिमा विदेशबाट चैत १ गते फर्किएका ७ सय ८२ जनाको तथ्यांक संकलन गरिएको थियो । विदेशबाट फर्किका र देशकै अन्य ठाउँबाट फर्किएका संकास्पदहरुको तथ्यांक संकलन गरी परिक्षण गर्ने क्रममा र्यापिड टेष्ट, स्वाब संकलन गरि परिक्षण र पिसिआर परिक्षण गरि ८ सय ६७ जनाको परिक्षण गरिएको थियो । परिक्षण गरिएका सवैको रिपोर्ट नेगेटिभ आएको थियो ।

यस अवधिमा उपत्यकाका ईटाभट्टा तथा देशका विभिन्न ठाउँमा अलपत्र परेका १ हजा ३७ जना मजदुरको उद्धार गरिएको छ । जिल्लाका जनप्रतिनिधिहरुको पहलमा उनिहरुको उद्धार गरि जिल्ला ल्याइएको हो । उद्धार गरिएकालाइ कपुरकोट गाउँपालिकाले क्वारेन्टाइनमा राखेपनि अन्य पालिकालाई होम क्वारेन्टाइनमा बस्नको लागी घर पठाइएको छ । तर घर पुगेकाहरु क्वारेन्टाइनमा बसेका छैनन् ।

जिल्लाबाट प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशका अर्थमन्त्री प्रकाश ज्वाला, नेकपा कर्णालीका संसदिय दलका सचेतक गुलावजंग शाह, मुखयमन्त्रीका राजनितिक सललाहकार भिम प्रकाश शर्मा लगायतले जिल्लाका सवै पालिकालाई चामम लगायतका खाद्यन्न र पिपिइ लगायतका स्वास्थ्य सामाग्री व्यक्तिगत पहलमा प्रदान गुर्नभयो ।

एक महिनाको अवधिमा सल्यान जिल्लामा ३ हजार ८ सय २८ परिवारले राहत पाएका छन् । स्थानिन तहहरुले कार्यविधि तयार गरेर तथ्यांक संकलन गरि उनिहरुलाई राहत प्रदान गरेका हुन । अहिले जिल्ला १० वटै स्थानिय तहले राहत कोष तयारी अवस्थामा राखेका छन् ।

शारदा नगरपालिकाले १ महिनाको अवधिमा ९ सय १६ जनालाई राहत बाँडेको छ । वडा स्तरबाट तथ्यांक संकलन गरेर प्रति परिवार २ हजारका दरले राहत प्रदान गरिएको नगरप्रमुख सुरेश अधिकारीले बताउनुभयो । नगरपालिकाले तयार पारेको राहतकोषमा २४७ बोरा चामल, ९४८ केजी दाल, २२८ लिटर तेल, ४७० प्याकेट नुन, सावुन ३२, जिन्सी सामान र नगद ३ लाख ११ हजार विभिन्न व्यक्ति र संस्थाबाट अनुदान प्राप्त भएको छ ।

शिद्धकुमाख गाउँपालिकाले २ सय ७५ जनालाई परिवार अनुसार ५ लाखको राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले बताउनुभयो । राहत कोषमा व्यक्ती र संस्थाबाट १ लाख २० हजार बराबरको व्यक्ति र संस्थाबाट अनुदान प्राप्त भएको छ ।

त्रिवेणी गाउँपालिकामा अहिले सम्म २ सय ५० जनालाई राहत प्रदान गरिएकोे छ । प्रति परिवार २ हजार बराबरको दरले खाद्यान्न वितरण गरिएको गाउँपालिकाले जनाएको छ । पालिकालाई मुक्तिनाथ विकास वैंकले ५२ हजार बराबरको राहत सहयोग गरेको उपाध्यक्ष करूणा खड्काले बताउनुभयाे ।

वनगाड कुपिण्डे नगरपालिकाले राहत वाँड्नुपर्ने ७ सय ५३ परिवार मध्ये अहिले सम्म १ सय २५ परिवारलाई राहत प्रदान गरेको छ । सिफारिसमा आएका सवैलाई क्रमिक रुपमा राहत बाँडिने नगर प्रमुख गोविन्द पुनले बताउनुभयो । नगरले प्रतिपरिवार २ हजार ५ सयको दरले राहत वितरण गरिएको छ । नगरपालिकाले नगरपालिकाबाट २० लाख, जनप्रतिनिधिको भ्रमण खर्च वापत छुट्याइएको १० लाख गरि ३० लाखको राहत कोष तयार पारेको छ ।

कुमाख गाउँपालिकाले अहिले सम्म २ सय ३८ जालाई प्रति परिवार २ हजारका दरले राहत प्रदान गरेको छ । गाउँपालिका भरी ४ सय परिवारलाई राहत प्रदान गरिने गाउँपालिका अध्यक्ष दिलमाया बुढामगरले बताउनुभयो । गाउँपालिकासँग कोरोना रोकथामको लागी १ करोड २२ लाख ६० हजारको राहत कोष तयार पारिएको छ । राहत कोषमा जनप्रतिनि र पालिकाका कर्मचारीको अनुदान र गाउँपालिकाको बजेट रहेको छ ।

कालिमाटी गाउँपालिकाले ८ सय ११ घर परिवारलाई प्रति परिवार २ हजारका दरले राहत प्रदान गरेको छ । गाउँपालिकाले १२ लाखको राहत कोष तयार गरी उनिहरुलाई खाद्यन्न सहयोग गरेको गाउँपालिका अध्यक्ष दान बहादुर केसीले बताउनुभयो ।

कपुरकोट गाउँपालिकाले अहिले सम्म १ सय २८ अति विपन्न परिवारलाई राहत वितरण गरेको गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले बताउनुभयो । अव झण्डै ५० परिवारलाई राहत वाँड्न वाँकी रहेको र वितरण गरिएकोमा झण्डै २ हजारका दरले चामल लगायतका खाद्यन्न प्रदान गरिएको उहाँले बताउनुभयो । पालिकाले १० लाख ८२ हजार रकमको राहत कोष बनाएको छ ।

वागचौर नगरपालिकाले झण्डै ३ करोडको राहत तथा उद्दार कोष तयार पारेको छ । जसमा नगरप्रमुखले १ वर्षको तलव र भत्ता गरी चार लाख ५० हजार उपप्रमुख र वडा अध्यक्षले १ महिनाको तलव, कार्यपालिकाले ११ हजार, वडा सदस्यहरुले ६ हजार सहयोग गरेका छन् । राहतको लागी अहिले सम्म वडा स्तरमा तथ्यांक संकलन भैरहेको नगरप्रमुख लोकमान बुढाथोकीले बताउनुभयो । उहाँले नगरपालिकाबाट करिव ९ सय विपन्न परिवारलाई राहत वितरण गरिे जानकारी दिनुभयो ।

छत्रेश्वरी गाउँपालिकाले ४ सय ५७ विपन्न परिवारलाइ राहर्त प्रदान गरेको छ । ति परिवारलाई १ महिनाका लागी पुग्ने गरी साढे सात लाख बराबरको खाद्यन्न सहयोग गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताउनुभयो ।

प्रकाशित मिति: १० बैशाख २०७७, बुधबार २१:३०