प्रचण्ड खत्री
रुकुम पश्चिम, ११ वैशाख
रुकुम पश्चिम् बाफिकोट गाउँपालिका वडा नम्बर ९ मा राहत वितरण गरिएको छ । कोरोना भाइरसको कारण देश लकडाउनका कारण दैनिक जिबिकोपार्जन गर्न कठिनाइ भोग्दै आएका परिवारहरुलाई वडा कार्यालयबाट राहत वितरण गरिएको हो ।
असङ्गठित क्षेत्रमा कार्यरत मजदुरहरुलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड २०७६ अनुसार वितरण गरिएको वडाध्यक्ष कबिराम खत्रीले बताउनुभयो । टोल स्तरबाट सङ्कलन भएको तथ्याङ्कमा पूर्ण छलफल गरी १ सय ५० घर परिबारलाई ३० के जी चामल , २ के जी दाल, २ लिटर तेल , १ के जी नुन बितरण गरिएको उहाँको भनाई छ । वडाका जनप्रतिनिधिहरु घरघरमा पुगेर बितरण गरिएको छ ।
दैनिक , मजदुरी गरेर गुजरा चलाउने गरेका विपन्न समूहलाई राहत वितरण गरेका छन् । दैनिकी काम गरेर दिनभर छाक जुटाउनेको समस्या भएका, जागिरी, पेशा, व्यवसाय, खेतवारी वैदेशिक रोजगारीमा नभएकाहरु लाई वितरण गरेका वडा सचिब मोहोन ओलीले बताउनुभयो ।
प्रकाशित मिति: ११ बैशाख २०७७, बिहीबार १८:१५