कोइराल फुल, खाने होइन अचार ? (तस्वीर)

कोइराल फुल अचार बनाउन प्रयोग हुने गर्दछ । सल्यानमा चैत्रदेखि बैशाखसम्म फुल्ने कोइराल जंगल तथा बारिको ढिक, काल्नामा पाइन्छ । यसको फुल र कोपिलाबाट मिठो अचार तयार हुने गर्दछ । विभिन्न तरिकाबाट र स्वादमा अचार बनाउन सकिन्छ ।

कोइराललाई केलाएर उसिन्नु पर्छ । आलु, मटर वा चना समेत मिलाएर कोइरालको अचार बनाउन सकिन्छ । यसको पात वस्तुभाउले मिठो मानेर खाने गर्छन् ।

प्रकाशित मिति: १२ बैशाख २०७७, शुक्रबार ०९:१४