बनगाड कुपिण्डे नगरपालिकाद्वारा ५७ जनालाई क्वारेन्टाइन राखियो

इन्द्र बुढाथोकी
सल्यान १२, बैशाख ।
सल्यानको पश्चिम बनगाड कुपिण्डे नगरपालिकाद्वारा ५७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । मोरङ जिल्लाको वेलवारी नगरपालिका ९ देखि रगेनी नगरपालिका वडा नम्वर ६ को सडक लाइनमा काम गर्ने बनगाड कुपिण्डे नगरपालिका ४९ जना, ५ जना बालबालिका र तीन जना गाडीचालक गरी ५७ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।
नगरपालिकाको वडा नम्वर १, ७, ८, १० र ११ का गरेर ५७ जनालाई प्रभाकर माध्यमिक विद्यालय देवस्थलमा रहेको क्वारेन्टाइनमा राखिएको नगरपालिकाले जनाएको छ । मजदुरीको लागि मोरङ वेलावारी र रगेनी नगरपालिका पुगेका अधिकांस माझकाँडाका विभिन्न टोलकालाई नगरपालिकाले क्वारेन्टाइनमा राखेको छ । केही दिन अधि नगरपालिकाले विभिन्न ठाउबाट ल्याएका मजदुरलाई भने क्वारेन्टाइन नराख्दा गाउँमा कोरोनाको त्रास बढेको थियो ।
तर यस अघि नगरका विभिन्न वडामा मजदुरीकै लागि बाहिर गएका सयांै स्थानीय भने नगरपालिका क्वारेन्टाइन नवसेर आ–आफनै घर गएका छन् । उनीहरुलाइ नगरपालिकाले आफ्नै घरको होम क्वारेन्टाइनमा वस्न भनिए पनि त्यसो नभएको पाईएको स्थानियले वताएका छन् । अहिले उनीहरु गाउँगाउमा घुम्ने डुल्ने गर्ने र भिडभाड गर्ने गरेको स्थानीयहरुको आरोप छ ।
नगरपालिकाले सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ । तर उनीहरु होम क्वारेन्टाइनमा नबसेर गाँउमा भिडभाड गर्ने गरेकाले नगरमा जोखिम बढेको स्थानीयको भनाई छ ।

प्रकाशित मिति: १२ बैशाख २०७७, शुक्रबार १८:३५