
इन्द्र बुढाथोकी
सल्यान, १४ बैशाख
सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ३ आग्रीगाउँद्वारा वडा भित्रका घरधुीमा मास्क तथा सावुन वितरण गरिएको छ । वडा कार्यालयले वडाभित्रै मास्क तयार गरेर वडाभित्रका प्रत्येक घरधुरीहरुमा आइतबार सामाग्रीहरु वितरण गरिएको हो ।
वडा कार्यालयले वडा भित्रका ७ सय १० घरधुरीका प्रत्येक सदस्यहरुलइ पुग्नेगरी सावुन तथा मास्क वितरण गरिएको वडा कार्यालयले जनाएको छ । वडा नं ३ मा गठन गरिएका ९ वटा युनिट एक्सन टिमले प्रत्येक टोलको घरधुरीमा पुगेर प्रत्येक घरको परिवार संख्या, भारत र अन्य देशमा गएको संख्या, घर बाहिर तथा नेपाल भित्र कुनै ठाउँमा गएको संख्या र दीर्घ रोगीको अबस्थाको विवरण संकलन गरेका थिए ।
प्रत्येक टोलका युनिट एक्सन टिमले मास्क र साबुन वितरण गर्ने वडा अध्यक्ष नहकुल बुढाले जानकारी दिनु भयो । वडाभित्र कोरोना रोकथामको लागि सबै राजनीति दल, समाजसेवी र संघसंस्थाताको सक्रियता देखिएको छ । वडाभित्रका विपन्न घरधुरीलाई खाद्यान्न वितरण गर्ने तयारी भइरहेको वडा सदस्य लोक बहादुर शाहीले जानकारी दिनुभयो ।
टोल स्तरको युनिट एक्सन टिमले मुठी,माना,पाथि र मुरी अभियान सञ्चालन गरि आपतकालिन अन्न भण्डार गर्ने निर्णय समेत भएको थियो ।
यसैवीच सिम्ता गाउँपालिका वडा नं ४ बजेडीचौरले पनि विपन्न घरपरिवारलाई खाद्यान्न वितरण गर्न शुरू गरेको छ । वडाभित्रका विपन्न परिवावरहरुको सवै विवरण संकलन गरिसकिएकोले अब राहत वितरणको कार्य शुरु गरिएको वडा अध्यक्ष भिम बहादुर रावतले जानकारी दिनुभयो । यस्तै वडा नं ६ राकमले पनि सबै नागरिकलाई एक व्यक्ति एक माक्र्स र विपन्न घरपरिवारलाई खाद्यान्न वितर गर्ने शुरू गरिएको वडा अध्यक्ष राजेन्द्र सिह ठकुरीले जानकारी दिनुभएको छ।
प्रकाशित मिति: १४ बैशाख २०७७, आईतवार २१:४९