बनगाड कुपिण्डेमा ५ सय ६० घरलाई राहत

इन्द्र बुढाथोकी
सल्यान १५ बैशाख । पश्चिम सल्यान बनगाड कुपिण्डे नगरपालिकाले राहत वितरण तिव्रता दिइरहेको छ । बैशाख ६ गते देखि राहत वितरण गर्न शुरु गरेको नगरपालिकाले नगरका ९ वटा वडामा राहत वितरण कार्य सम्पन्न गरेको छ । ्
कोरोना भाइरसको कारण देश लकडाउनका कारण दैनिक जीवनयापन गर्न कठिनाइ भोग्दै आएका परिवारहरूको विवरण सङ्कलन गरी राहत वितरण गरिएको नगर प्रमुख गोविन्द कुमार पुनले बताउनु भयो
असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक तथा असाहयहरुलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड २०७६ अनुसार वितरण भई रहेको बताए । वडा स्तरबाट सङ्कलन भएको तथ्याङ्कमा पूर्ण छलफल गरी एक घरधुरीलाई दुई हजार बराबरको सामाग्री प्रदान गरिएको उहाँको भनाई छ ।
नगरपालिकाले १ न वडाका १सय २६ घरधुरी, २ न वडाका ३७ घर, ३ न वडाका २५ घर, ४ न वडाका ७९ घर, ५ न वडा ८१ घर, ६ न वडाका ३० घर, ७ न वडाका ६१ घर, ८ न वडाका ७० घर र ९ न वडाका ५१ घरलाई गरि जम्मा ५ सय ६० घरधुरीलाई राहत वितरण गरेको हो ।
नगरपालिकाले २५ किलो माला चामल, ४ किलो दाल, २ लिटर तेल, २ वटा साबुन , २ पोका नुन राहत वितरण गरेको नगर उप प्रमुख मन्जु यरिले बताउनु भयो । दिनभर काम गरेर साँझ बिहानको छाक जुटाउनेको समस्या भएका, जागिर, पेशा, व्यवसाय, खेतवारी वैदेशिक रोजगारीमा नभएकाहरु लाई वितरण गरिएको छ ।
त्यसैगरी बिपन्न परिबारका एकल महिला, अपाङ्ग, दीर्घरोगी, जेष्ठ नागरिकहरुलाई समेत गरि जम्मा ७ सय ५३ घरधुरीलाइ राहत सहयोग उपलब्ध गराइने नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १५ बैशाख २०७७, सोमबार २१:४०