थप ९ जनामा कोरोना संक्रमण पुष्टि, दाङमा ३ जना संक्रमित भेटिए

२ जेठ, काठमाडौं । नेपालमा थप ९ जनाको कोरोना भाइरस (कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमित मध्ये तीन जना दाङका रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनसार दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । दाङमा पहिलो पटक संक्रमित भेटिएका हुन् ।

यसबाहेक काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिला, उदयपुरको त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

थप ९ जनामा संक्रमण देखिएसंगैं कुल संक्रमितको संख्या २६७ पुगेको छ ।

प्रकाशित मिति: २ जेष्ठ २०७७, शुक्रबार २१:१०