बाँकेमा मात्रै थप ४७ जनामा कोरोना पुष्टि, नरैनापुर क्षेत्रका ८१ जनाको रिपोर्ट आउन बाँकी

बाँके– सोमबार बाँकेमा मात्रै थप ४७ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमीतको संख्या ३ सय ५७ पुगेको छ । सोमबार एकैपटक ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

भेरी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा बाँकेका ४६ जना पुरुष र एक जना महिलामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यससँगै प्रदेश ५ मा संक्रमण हुनेको सख्या १५९ जना पुगेको छ ।

नरैनापुर क्षेत्रका २७३ को स्वाब संकलन गरि भेरी अस्पतालमा ल्याइएको थियो । जसमध्ये १९२ को परिक्षण गर्दा ४६ पुरुष र एक महिलामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । अझै ८१ जनाको रिपोर्ट आउन बाँकी छ ।
कोरोनाबाट निधन भएको युवकको सम्पर्कमा आएका र थप अन्य कोरोना संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन गरि परिक्षण भएको थियो ।

यस्तै सोमबार नै मोरङ, गुल्मी, धनुषा, रौतहट, दाङ र धादिङका एकरएक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार बिहान रौतहटका आठ र बाराका एक जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: ५ जेष्ठ २०७७, सोमबार १७:०५