भारतबाट फर्किएकालाई बबई नाकामा परिक्षण नगरेरै गाउँ पठाइयो, कपुरकोटमा ६० जनाको आरडिटी रिपोर्ट ननरियाक्टीभ

सल्यान- भारतबाट फर्किएका नागरिकहरु बबई नाकामा कोरोना परिक्षण नगरेरै सल्यान भित्रीएका छन् । तर कपुरकोट नाकाबाट आएका ६० जनाको भने विहिबार आरडीटी गरिएको छ । बबई नाकाबाट सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा आएका करिव ४ सय ३६ जनाको बबईमा कुनै पनि परिक्षण नभएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जुन बुढाले बताए । उनका अनुसार जिल्ला भित्रीएका उनीहरुको परिक्षण गर्ने आरडीटी किट पनि छैन ।

All-focus

उनले कभरखबर डटकमसंग भने, ‘ हाम्रो मुख्य नाका बबई नाकाले परिक्षण नै नगरेर बनगाड कुपिण्डे नगरपालिकामा पठाएछ । हामी संग ७० वटा जति मात्रै किट छ । कस्लाई चेक गर्ने कसलाई नगर्ने समस्या भयो ।’ किट ल्याउनका लागि सुर्खेतमा गाडि पठाइएको जनाउदै डा. बुढाले शुक्रबार विहान मात्रै उनीहरुको आरडिटी गरिने बताए । परिक्षण विना फर्किएका उनीहरुलाई नगरपालिकाले विद्यालयमा बनाएको क्वारेन्टाईनमा राखिने छ ।

यता कपुरकोट नाकामा आएका ६० जनाको आरडीटि गर्दा रिपोर्ट नन रियाक्टीभ (नेगेटिभ) आएको छ । विहिबार दिउँसो गरिएको परिक्षणमा ६० जनाकै रिपोर्ट नेगेटीभ आएको कपुरकोट गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालले जनाए ।
भारतबाट कपुरकोट नाका हुँदै आएका ५८ जना सल्यानका रहेका छन् भने २ जना गाडीका चालक र सहचालक छन् । कोभिड १९ कपुरकोटका फोकल पर्सन देवेन्द्र कुमार सेनका अनुसार वनगाडका ३६ जना, दार्मा गाउँपालिकाका १९ जना, कपुरकोट, छत्रेश्वरी, कुमाखका एक÷एक जना र चालक तथा सहचालक गरी ६० जनाको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ । कपुरकोट गाउँपालिकाले हेल्थ डेस्का कोरोना परिक्षण गरेकाहरुलाई रिपोर्ट दिएर पठाएको छ ।

All-focus

प्रकाशित मिति: ८ जेष्ठ २०७७, बिहीबार १५:१५