बनगाड कुपिण्डे नगरपालिकामा लगाएको मकैमा फौजी किराको प्रकोप

इन्द्र बुढाथोकी

सल्यान १४ जेष्ठ
सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा लगाएको मकैमा अमेरिकन फौजी किराको प्रकोप बढिरहेको छ । फौजी किराको प्रकोप बढदा किसान समस्यामा परेका छन । मकै कुट्याउन (गोडमेल) गर्न लागेको समयमा मकैमा फौजी रोग लागेपछी किसानहरुलाइ कसरी रोग निर्मुल पार्ने सकिन्छ भने विषयमा चिन्तित बनाएको बनगाड कुपिण्डे नगरपालिका ४ का देव बहादुर रानाले बताए

उनले भने मान्छेलाइ कोरोनाले सताइरहेको बेला मकै बालिकामा पनि फौजी किराले सताईरहेको छ । यता कोरोनाका कारण आफुहरु के हुने हो यदि बाचिएछ भने पनि फौजी किराका कारण मकै खान नपाइने रानाले बताए
मकै बालीबाट राम्रो आम्दानी लिने सोंच बनाएका किसानहरू फौजी किराको आक्रमणबाट अनिकालले सताउने हो ? भन्ने विषयमा चिन्तित बन्न पुगेका छन् । अमेरिकन फौजी किराले मकै बालीलाई धेरै मनपराउने गर्छ ।

आफुहरुले भरखरै बारिमा लगाएका मकैको माथी मिन्टा तिर बाट खादै आएको र अब त्यसबाट मकै फल्ने सम्भावना कम रहेको अर्का किसान लोकबहादुर विसिले बताए बैशाखमा लगाएको मकैमा फौजी किरा लाग्यो अब पानी परे पछी पुन मकै लाउने सोच बनाएका छौ उनले भने भोकमरी पर्ने अवस्था आउँछ

यता कृषि शाखा प्रमुख टीका जैसिका अनुसार फौजी किराको बारेमा खासै किसानले समस्या ल्याएर अहिले सम्म कोहि नआएको र यदि आएमा पनि त्यसको लागि कार्यालयमा औषधि नभएको जैसिले बताइन् उनका अनुसार वेल्टामेट्रीन विषादी आवश्यक पर्ने उनले बताइन् यो अहिले नेपाल भरी लागेको र मकैमा लाग्ने भएको र मकैमा लागे पछि मकै नफल्ने समेत उनले बताइन । सामान्य अन्य बालिहरुमा पनि देखा पर्ने शाखा प्रमुख जैसिले बताइन् । बिषादिको।लागि आफुले जिल्लामा पहल गरिरहेको समेत उनले बताएकी छन ।

प्रकाशित मिति: १४ जेष्ठ २०७७, बुधबार १२:३६