सल्यानमा २५ जनामा काेराेना पाेजेटिभ देखियाे

सल्यान – सल्यानमा २५ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ  । कर्णाली प्रदेश अस्पतालकाे पशुपंक्षी  राेगअन्वेषण प्रयाेगशाला सुर्खेतमा भएकाे पिसिअार परिक्षणमा जिल्लाका २५ जनामा काेराेना पाेजेटिभ देखिएकाे हाे ।

काेराेना संक्रमितहरू मध्ये वनगाड कुपिण्डे १ का १९, २०, ४०र ६० वर्षका गरी ४ जना, वडा नम्वर २ का १९ वर्षिय १ जना, वडा नम्वर ३ का १७, २७, २७ र ३८ वर्षिय गरि ४ जना, वडा नम्वर ४ का १८, ३३ र ४४ वर्षका गरी ४ जना, वडा नम्वर ६ का ११, १६, १८, १९, २०, ३१, २१, २१, २५, २८, ३० र ३६ गरी १३ जना र वडा नम्वर ७ का  ३८ वर्षिय १ जनामा काेराेना संक्रमणकाे पुष्टि भएकाे छ ।

उनिहरू सवै पुरूष हुन भने सवैकाे स्वास्थ्य अवस्था सामान्य छ । उिनहरू सवै भारतबाट अाएका हुन । भारत बाट आएका बनगाड क्याम्पसका र प्रभाकर मावी देवस्थलकाे क्वारेन्टिनमा रहेका मध्ये ३ सय ९३ जनाकाे पिसिअार जाँचकाे लागी स्वाव संकलन गरीएकाेमा २५ जनामा काेराेना संक्रमण देखिएकाे हाे ।

प्रकाशित मिति: १७ जेष्ठ २०७७, शनिबार २२:५०