
बाँके – बाँकेको राप्ती सोनारीमा गाडी दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ भने २१ जना घाइते भएका छन् ।घाइते मध्ये ४ काे अवस्था गम्भिर छ । कभरखवर सँगकाे कुराकानीमा बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले अवकाे केहि वेरमा मृतककाे सनाखत हुने जानकारी दिनुभयाे । रातिकाे समय भएकाेले उद्दारमा प्राथमिकता दिएकाे उहाँले बताउनुभयाे ।
भारतबाट आएका नेपालीलाई लिएर आइतबार राति १२ बजेतिर नेपालगन्जबाट सल्यानका लागि छुटेको ना ५ ख ५९९५ को फोर्स गाडी राप्तिसोनारी २ मा दुर्घटना भएकाे थियाे । गाडिमा सल्यानकाे छत्रेश्वरी र वागचाैरका धेरै थिए भने अन्य पालिकाका पनि रहेका थिए । गाडि ठुरिया जंगलमा राेकिराखेकाे वा ४ ख ९०६४ नम्वरकाे ट्रकमा ठाेक्किएकाे थियाे । गाडिमा ३३ जना सवार थिए । दुर्घटनामा घाइते मध्ये १ जनाकाे उपचारकाे क्रममा ज्यान गएपछि मृतककाे संख्या १२ पुगेकाे हाे ।
घटनाको थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: १९ जेष्ठ २०७७, सोमबार ०७:४६