वाँके दुर्घटनाः घाइते २१ जनाकै परिचय खुल्याे

बाँके – बाँकेको राप्ती सोनारीमा १२ जनाकाे ज्यान जाने गरी भएकाे दुर्घटनाका घाइते २१ जनाकाे परिचय खुलेकाे छ । घाइते मध्ये शिद्द कुमाख ४ छापडाँडाका का २८ वर्षिय लाेकेश घर्ति, १८ वर्षिय शिव भण्डारी,  शिद्दकुमाख ५ का १८ वर्षिय धन बहादुर बाेहरा, शिद्दकुमाख ५ दहका ४० वर्षिय नेत्र बहादुर बुढाथाेकी, १८ वर्षिय देवेन्द्र खड्का, २६ वर्षिय निम बहादुर वादी १७ वर्षिय ज्ञान बहादुर बाेहरा, वनगाड कुपिण्डे ६ घाँजरीका २० वर्षिय मिनराज विक र ५२ वर्षिय दिप बहादुर बुढा, शारदा नगरपालिका ६ कि २६ वर्षिया टिका चलाउने रहेका छन् ।

यस्तै राेल्पा त्रिवेणी  ७ का १७ वर्षिय सुनिल परियार, १८ वर्षिय पुरन परियार, २० वर्षिय विरेन्द्र परियार, राेल्पा कुरेलीका ५२ वर्षिय नर बहादुर विक र राेल्पाका ४० वर्षिय दिल बहादुर विक रहेका छन् ।

यस्तै दाङ गढवाका २० वर्षिय भरत थापा, राजपुर २ का २० वर्षिय जिवन घर्ति , राजपुर ६ का २० वर्षिय दिपेश चाैधरी, तुलसिपुर २ खैरिखाेलाका २३ वर्षिय रूपलाल केसि, २ कै ४० वर्षिय विष्णु गिरी र दाङका मेघराज केसी रहेका छन् ।

घटनामा १२ जनाको ज्यान गएको छ भने २१ जना घाइते भएका छन् । भारतबाट आएका नेपालीलाई लिएर आइतबार राति १२ बजेतिर नेपालगन्जबाट सल्यानका लागि छुटेको ना ५ ख ५९९५ को फोर्स गाडी राप्तिसोनारी २ मा दुर्घटना भएकाे थियाे । गाडि ठुरिया जंगलमा राेकिराखेकाे वा ४ ख ९०६४ नम्वरकाे ट्रकमा ठाेक्किएकाे थियाे ।  । दुर्घटनामा घाइते मध्ये १ जनाकाे उपचारकाे क्रममा ज्यान गएपछि मृतककाे संख्या १२ पुगेकाे हाे ।

प्रकाशित मिति: १९ जेष्ठ २०७७, सोमबार ०९:५८