वाँके दुर्घटना अपडेटः मृतक १२ मध्ये ४ जनाकाे सनाखत

वाँके- बाँकेको अगैया नजिकै जंगलमा भएको सवारी दुर्घटनामा परेर ज्यान गुमाएका १२ मध्ये ४ जनाकाे सनाखत भएकाे छ । मृतक मध्ये गाडि चालक दैलेखका २२  वर्षिय दान बहादुर खड्का, सहचालक सुर्खेतका २२ वर्षिय पवन भण्डारी, र राेल्पाका उमेर र ठेगाना नखुलेका भिम बहादुर विक र पुर्ण बहादुर पुन रहेका छन् ।

नेपालगञ्जको जमुनाहा नाकाबाट सल्यानका लागी छुटेकाे ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी आइतबार राति अगैया भन्ने ठाउँमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना हुँदा १२ जनाको ज्यान हाे। घाइते २१ जना सवैकाे परिचय खुलिसकेकाे छ ।

अन्य ८ जना मृतककाे सनाखत हुन वाँकी रहेकाे छ । प्हरीका अनुसार मृतकको शव भेरी अस्पतालमा राखिएको छ भने घाइतेको सोहि अस्पतालमा उपचार भइराखेको छ ।

प्रकाशित मिति: १९ जेष्ठ २०७७, सोमबार ११:२६