सल्यानमा थप १० जनामा काेराेना पुष्टि, ३५ पुग्याे

सल्यानमा थप १० जनामा काेराेना पुष्टि भएकाे छ । याे सँगै सल्यानमा काेराेना पुष्टि हुनेकाे संख्या ३५ पुगेकाे छ । प्रदेश अस्पताल सुर्खेत अन्तर्रगतकाे पशुपंक्षी राेग अन्वेषण प्रयाेगशाला सुर्खेतमा गरिएकाे पिसिआर परिक्षणमा थप १० जनामा काेराेना संक्रमणकाे पुष्टि भएकाे हाे ।

नयाँ थपिएका संक्रमितहरूमा वनगाड कुपिण्डे नगरपालिका १ का ३५ र ४० वर्षिय पुरूष, ३ का २२ र २८ वर्षिय पुरूष, ५ का २१, २८ र ३६ वर्षिय पुरूष, ६ का २३ वर्षिय पुरूष, ७ का २० र २१ वर्षिय पुरूष गरी १० जना छन् ।

हाल सम्मकाे विवरणा अनुसार उहाँहरू स्वास्थ्यकर्मिकाे सम्पर्कमा भएकाे कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले बताउनुभयाे ।

नयाँ पुष्टि भएका दैलेख, सल्यान, सुर्खेत र जुम्लाका ७५ जना गरेर कर्णालीमा काेराेना संक्रमितकाे संख्या १ सय ९८ पुगेकाे छ ।

प्रकाशित मिति: १९ जेष्ठ २०७७, सोमबार ११:५५