रूकुम पश्चिममा धान राेपाइ शुरू

प्रचण्ड खत्री / रुकुम पश्चिम

रुकुम पश्चिमका विभिन्न ठाउँमा धान रोपाई शुरु गरिएको छ । जिल्लाको ६ वटा स्थानिय तहका विभिन्न क्षेत्रमा रोपाई शुरु गरिएको कृषकहरुले बताएका छ्न ।

चौरजहारी नगरपालिकाको जहारिखोला आसपास त्रिभेणी गाउँपालिकाको पेदिखेत , सिम्रुत , बाफिकोट गाउँपालिकाको छिनखेत , भेडाखेत , सेराखेत , कुनाखेत , बालुवाचौर , सल्लेचवर , र आठबिसकोट नगरपालिकाको राडीज्युला , चौर लगायतको क्षेत्रमा प्रशस्त मात्रामा धान खेती गरिन्छ ।

सबै स्थानिय तहका कृषि बिकाश शाखाले यश पटक सुख्खा ३ धान , राम धान , राधा ४ धान ५० % अनुदानमा कृषकलाई धान बितरण गरिएको कृषि बिकाश शाखा बाफिकोट गाउँपालिका कार्यलय प्रमुख लोकेन्द्र ओलिले बताए । यश पटक संखर यु यश ३२१ धान , उपज , साबा १३४ हाईब्रेट धान कृषकलाई बेचेको मुसिकोट खलंगामा ओलि एग्रोभेट सन्चालन गर्दै आउनु भएका भागिराम ओलिले बताए । रुकुम पश्चिमका कृषकहरू अहिले धान रोपाईमा ब्यस्त छ्न ।

आलोपालो गरेर सबै गाउँपालिका र नगरपालिका कृषक अहिले खेतपाखामा ब्यस्थ रहेको चौरजहारी नगरपालिकाका कृषक बेदनारायण शर्माले बताए । यतिबेला कृषकहरूको १ मानो छरेर १ पाथी फलाउने समय हो । यहिको फलस्वरुप किसानहरु प्रतेक ज्युलाको खेतमा ब्यस्थ देखिन्छ्न । बिश्व भरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस अर्थात कोभिड १९ लाई पहयाउदै किसानहरु अहिले रोपाईमा ब्यस्थ देखियको बाफिकोट गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष लिलाराम बिक ले बताए ।

रुकुम पश्चिममा धान पाक्न लागेपछी कालोपोते रोग लाग्ने किसाहरुको दाबी छ । धानको बालामा कालो जस्तो देखिने गर्दछ त्यसले बाली उत्पादनमा कमि ल्याउने बिश्वास गरिएको छ । मुठी छरेर मुरि फलाउने किसानहरु जेठ १५ देखि असार १५ सम्म खेतबारीमा ब्यस्थ देखिन्छ । आज जेठाको भोलि पल्ला घरे माईला आलोपालो गरेर १ महिना लगायर हिलोपखालेर आनन्दले बस्छ्न । असार १५ गत्ते धान दिबश मनायर दहि चिउरा खायर रमाइलो गरि असार १५ पठाउने चलन छ

प्रकाशित मिति: २४ जेष्ठ २०७७, शनिबार १२:५२