बर्षौँ पछि सिचाई कुलो बनेपछि बाफिकोटकाे काेलचाैरमा खुसियाली

प्रचण्ड खत्री / रुकुम पश्चिम्

रुकुम पश्चिमको एउटा गाउँमा बर्षौ पछि सिचाई कुलो पुगेको छ । जिल्लाको बाफिकोट गाउँपालिका वडा नम्बर ३ कोलचौरमा सिचाई पुगेको हो । गाउँ नजिकै वर्षभरी बग्ने छिप्रा छिप्रा भएता पनि अहिले सम्म त्यस गाउँमा सिचाइ पुगेको थिएन । त्यस गाउँमा धेरै समय पछि सिचाई पुगेको स्थानिय बासिन्दाले बताएका छ्न ।

त्यस गाउँमा सिँचाई नहुदा बर्षाको समयमा मात्र बाली उत्पादन हुने गरेको थियो । सिचाईको अभाव रहेको रुकुम पश्चिमको बाँफिकोटको गाउँपालिका काे एक गाउँमा वर्षौं पछि सिँचाई सुविधा निर्माण उपभोक्त समितिका अध्यक्ष कुल बहादुर खत्रीले बताए । बाफिकोट गाउँपालिका-३ कोलचौरका स्थानीयहरुले धेरै समय पछि सिंचाई सुविधा प्राप्त गरेका छ्न । यसअघि गाउँ आफ्नै गाउँ नजिकै छिप्रा खोला बग्ने भएतापनी कुनै सरकारी र गैरसरकारी संस्थाले सहयोग गरेका थिएनन । त्यस छिप्रा खोलाबाट बाफिकोट गाउँपालिकाको कुनाखेत गाउँ , लामाचौर गाउँ , थारकाटे गाउँका स्थानियले त्यस खोलाबाट सिचाई प्रयोग गर्दै आएका छ्न । त्यस खोलाबाट ८ वटा सिचाई कुलो निर्माण गरिएको बताएको छ ।

त्यस खोलाको पानी बर्षा याममा बढेर ठुलो हुन्छ र हिउँदमा सानो भएका कारण सबै गाउँमा पुग्न असजिलो हुन्छ । खोला बग्ने भए पनि उनीहरुले राम्रोसँग सिंचाईको उपयोग गर्न पाएका थिएनन्। स्थानिय आफैले सिँचाई निर्माण गर्न सम्भव नभएपछि सिँचाई निर्माण गरिदिन पटक-पटक विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा माग गर्दै आएका थिए। तर कतैबाट सिंचाई निर्माणको लागि काम सुरु हुन सकेको थिएन। स्थानीयको माग अनुसार तत्कालीन कृषि विकास कार्यालय रुकुम पश्चिमको आर्थिक सहयोगमा सिंचाई कुल निमार्ण भएको हो ।

२०५६ सालमा निमार्ण भएको उक्त सिचाई कुलाे लामो समय सम्म राम्रो हुन सकेको थियन । जम्मा २५ लाख ४३ हजार १ सय ९६ रुपैयामा सम्पन्न भएको उक्त सिंचाई योजनामा कृषि विकास कार्यालय बाट २१ लाख २५ हजार अनुदान रहेको थियो भने स्थानीयले ४ लाख १८ हजार १ सय ९६ बराबरकाे श्रमदान गरेका थिए । यस सिंचाई कुल बनेपछि यहाँका ७० घरधुरी लाभान्वित भएको निर्माण उपभोक्त समितिले जनाएको छ । उनका अनुसार गाउँमा सिँचाई पुगेपछि यहाँका स्थानीयहरु खुशी भएका छन्।

अब आगामी वर्ष खेतबारीमा गहुँ मकै र असारमा धान रोपाईमा सिंचाई गर्नुका साथै बेमौसमी तरकारी तथा फलफुल उत्पादन गर्न सजिलो हुने बिश्वास लिएको छ । सिंचाई अभावले त्यस गाउँका स्थानिय बेमौसमी तरकारी र सिजन अनुसारको तरकारी खेती गर्न गर्दा हरियो सागपात र तरकारी समेत नपाउने यो गाउँमा अब भने तरकारी उत्पादन गरेर किसानले आर्थिक आम्दानी समेत गर्न सक्ने स्थानीयको आशा रहेको छ।

प्रकाशित मिति: २७ जेष्ठ २०७७, मंगलवार १३:५३