बनगाडमा २ सय २१ जना क्वारेन्टिबाट घर फर्किए 

इन्द्र बुढाथोकी
सल्यान,२९ जेठ
जिल्लाको पश्चि क्षेत्र बनगाड कुपिण्डे नगरपालिकामा क्वारेन्टिनमा वस्दै आएका २ सय २१ जना घर फर्किएका छन् । भारतको विभिन्न स्थानहरुबाट आएर प्रभाकर माविमा जेठ ८ गते देखि वस्दै आएका व्यक्तिहरुको पिसिआर तथा आरडिती नेगेटिभ आएपछि घर फर्काइएको हो ।
क्वारेन्टिमा रहेका ८ जनालाई भने आरडिटी परीक्षणमा शंकास्पद देखिएपछि क्वारेन्टिनमै राखिएको नगर स्वास्थ्य प्रमुख बासुदेव पोखरेलले जानकारी दिनुभयो । “प्रभाकर माविमा रहेको क्वारेन्टिमा रहेका २ सय २९ जना मध्ये ८ जनालाई आरडिटी परीक्षण गर्दा शंकास्पद देखिएकोले पुन पिसिआर परीक्षण गर्छौ,” स्वास्थ्य प्रमुख पोखरेलले भन्नुभयो ।
घर पठाइएका सवैलाई २ हप्ता सम्म अनिवार्य होम क्वारेन्टिनमा वस्ने शर्तमा घर पठाइएको मेडिकल अधिकृत इन्द्रवहादुर थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २९ जेष्ठ २०७७, बिहीबार १२:४२