सल्यानमा एक स्वास्थ्यकर्मीलाइ काेराेना संक्रमण

सल्यान

जिल्ला स्वास्थ्य कार्यालय सल्यानका एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । जिल्लाका विभिन्न स्थानमा क्वारेन्टाइनमा बसेकाहरुको स्वाव संकलनमा संलग्न रहेका ति कर्मचारीमा कोरोना पोजेटिभ देखिएको  स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जनु बुढाले बताउनुभयो ।

संक्रमित पुरुषको असार ५ गते स्वाव संकलन गरी सुर्खेत पठाइएको थियो । यस बारेमा जिल्ला स्वास्थ्य कार्यालय सल्यानले जानकारी गराउने र अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने तयारी गरको छ ।

प्रकाशित मिति: १० असार २०७७, बुधबार १५:३२