सल्यानमा २ सय १२ जनाको पिसिआर गर्दा ५ जनामा कोरोना पुष्टी

सल्यान-  सल्यानमा २ सय १२ जनाको पिसिआर परिक्षण गर्दा ५ जनामा कोरोना भाइरस पुष्टी भएको छ । संक्रमण पुष्टी हुने ५ जना दार्मा गाउँपालिकाका रहेका छन् । राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टेकु काठमाण्डौँमा परिक्षण गर्दा ५ जनामा कोरोना पोजेटिभ देखिएको दार्मा गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सोमबार प्रेस विज्ञप्ती जारि गर्दै ६७ जना पुरुष र १ जना महिला गरी ६८ जनाको पिसिआर विधिबाट कोरोना परिक्षण गर्दा ५ जना पुरुषमा पोजेटिभ देखिएको जनाएको हो । कोरोना पोजेटिभ देखिएका दार्मा गाउापालिका वडा नं १ का १ जना, वडा नं ५ का ३ जना र वडा नं ६ का १ जना रहेका छन् । उनीहरु सबैको स्वास्थय अवस्था सामान्य रहेको कोभिड १९ दार्माका फोकल पर्सन यज्ञ बहादुर वस्नेतले जनाएकउा छन् ।

यस्तै दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरिएको परिक्षणमा सल्यानको कपुरकोट, त्रिवेणी, छत्रेश्वरी गाउापालिका र बागचौर नगरपालिकाका १४४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रतिष्ठानले जारि गरेको विज्ञप्ती अनुसार बागचौर नगरपालिकामा ६९ जनाको स्वाब संकलन गरेर परिक्षण गर्दा सबैमा कोरोना संक्रमण देखिएन । वागचौरकै थप ५७ जना मध्ये २२ जनाको स्वाब परिक्षण भएको छ । र उनीहरुको पनि रिपोर्ट नेगेटिभ छ । बाँकी ३५ जनाको स्वाब परिक्षण हुन बाँकी छ ।

यस्तै कालिका मावि कपुरकोट स्थित क्वारेन्टाइनमा बसेका १६ जनाको स्वाब संकलन गरेर शुक्रबार घोराही पठाइएको थियो । उनीहरु पनि सबैको रिपोर्ट नेगेटिभ आएको कपुरकोटका स्वास्थय संयोजक अरुण दाहालले जनाएका छन् । छत्रेश्वरि गाउँपालिकाका ३५ जनाको पिसिआर गर्दा सबैमा कोरोना पुष्टी भएन । त्रिवेणी गाउँपालिकाका २ जनाको स्वाब परिक्षण गर्दा पनि उनीहरुको रिपोर्ट नेगेटिभ देखिएको छ ।

प्रकाशित मिति: १५ असार २०७७, सोमबार २०:१०