
प्रचण्ड खत्री
रुकुम पश्चिम, १८ असार । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले पिसीआर मेशिन जडान गरिएको छ । क्वारेन्टिनम वसेका व्यक्तिहरुको स्वाव संकलन गरेर जिल्ला बाहिर पठाउदा रिपोर्ट आउन ढिला हुदै गएपछि नगरपालिकाले मेशिन खरिद गरेर जडान गरेको हो ।
पिसिआर मेसिनसहित कोरोना परीक्षण ल्याब स्थापनाका लागि आबस्यक पर्ने सम्पूर्ण सामान नगरपालिकामा पुग्नुको साथै मेशिन जडान कार्य पुरा भएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामबहादुर केसीले जानकारी दिनुभयो ।
मेशिन कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान आयको बायोम्याट्रक ईन्जिनियर, प्रयोगशलाका कर्मचारीले मेसिन जडान गरेको केसीले बताउनुभयो ।
नगरपालिकाले नगरमै रहेका स्वास्थ्कर्मीलाई तथा कर्मचारीलाई प्रयोगशालामा खटाईसकेका छन र प्रदेशबाट आएको टोलीसंग प्रयोगशाला सञ्चालन सम्वन्धी तालिम गराउने कार्य भइरहेको नगरप्रमुख बिशाल शर्माले जानकारी दिनभयो । नगरपालिकाले अन्य स्थानीय तहसंग ल्याब प्राविधिक लगायत स्वास्थ्यकर्मीको माग गर्ने नगरप्रमुख बिशाल शर्माले बताउनुभयो ।
नगरपालिकामा मेसिन संचालनमा जडानभएपछि रुकुम पश्चिम जाजरकोट , डोल्पा. संल्यान जिल्लाका स्थानीय तहरुका व्यक्तिहरुको स्वाब परीक्षण गर्न सकिने नगर प्रमुख शर्माले बताउनुभयो ।
जिल्ला आयुर्बेदिक अस्पतालको भवनमा स्थापना गरिएको प्रयोगशालामा दैनिक ९६ वटा स्वाब परीक्षण गर्न सकिनेछ ।
प्रकाशित मिति: १८ असार २०७७, बिहीबार १४:४७