सुर्खेतकाे बाेटेचाैरबाट निगालचुलासम्म सडक जाेडिएपछि स्थानियमा खुसियाली

इन्द्र बुढाथाेकी

सुर्खेत गुर्भाकोटको बोटेचौर देखि सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको वडा न १२ को चौरसम्म सडक पुगेको छ । सडक जोडिए सङ्गै निगाल्चुलाका स्थानीय खुसी भएका छन ।

केही समस्या भएको ठाउमा बनगाड कुपिण्डे नगरपालिकाले थप सहजीकरण गरेर स्तर वृद्धिको काम गर्ने नगर प्रमुख गोविन्द कुमार पुनले बताउनु भयाे । अब सडक जोडिए सङ्गै प्रदेश राजधानी जोडिएको छ । स्थानिय उत्पादनलाइ बजारिकरणसँगै अव आवतजावतमा सहज भएको १२ न वडा अध्यक्ष गोविन्द डाङ्गिले बताउनु भयाे ।

सडक संजाल जोडिए सङ्गै त्यहा उत्पादन भएका टिमुर, स्याउ आलु घरमा नै गाडी आएर लिने गरेको स्थानीय नरबहादुर पुनले बताउनुभयाे।

प्रकाशित मिति: २२ असार २०७७, सोमबार ०९:३२