रुकुम पश्चिममा यातायात बन्द

प्रचण्ड खत्री
रुकुम पशिम, २८ साउन
रुकुम पश्चिममा जिल्ला प्रशासन कार्यालयले निषेधज्ञा जारी गरेसंगै सुनसान हुनथालेको छ । सदरमुकाम मुकाम खलंगामा बिशेष कामले जाने स्थानीयहरुलाई असहज भएको स्थानीयहरु बताउन थालेका छन् ।
तिज नाजिके संगै महिलाहरु तीजका सामाग्री किन्न , सुनका बाला , माडुली , तिलहरी , जोहो गर्न जाने महिलालाई बजार शिलबन्दीका कारण घरमा बसेर पुरानो गहना लगाउन बाध्य भएको मुसिकोट नगरपालिका रातामाटा कि ३५ बर्षिय प्रमिला खड्काले बताईन । बजार शिलाबन्दीका कारण रुकुम पशिम खलंगाका नेपाल राष्ट बैंक बाहेक अरु सबै बैंक बन्द भएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
जिल्ला प्रशासनले भाद्र २ गते सम्मको लागि मुसिकोट नगरपालिका लाई ४ किल्ला तोकेर सिलबन्दी गरेको छ । मुसिकोट नगरपालिका स्वास्थ्य सेवा कार्यालय सल्ले देखि खलंगा बजार हुदै शितलपोखरी चोकसम्म र पिपलनेटा देखि मुसिकोट नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय सम्मको ४ किल्ला भित्रको ठाउ शिलबन्दी गरेको छ ।
शिल गरीएको ठाउमा पैदल यात्री पनि जान दिइएको छैन । अत्याआबश्यक सेवा बाहेक अरु सेवा संचालन भएका छैनन । शान्ति सुरक्षा, स्वास्थ्य , विधुतीय कार्य , दूरसञ्चार, खानेपानी, दुग्धजन्य पदार्थ , फोहोर मैला ब्यबस्थापन , ग्यास पेट्रोलियम पदार्थ , औषधि पसल , खाध्यान पसल ,एम्बुलेन्स, तरकारी आपूर्ति, मुद्दा सबन्धि कार्यहरु संचालन हुने प्रमुख जिल्ला अधिकारि उपेन्द्रराज पौड्यालले जानकारी दिए ।
शिलबन्दीका कारण जिल्ला भित्रिने र बाहिरिने साना तथा ठुला सवारीका साधनहरु सञ्चालनमा आएका छैनन । रुकुम पश्चिम खलङ्गा बजारका १ शैललुन सञ्चालन गरेका व्यवसायीलाई कोरोना पुष्टिी भएको थियो । कोरोना पुष्टी भएसंगै जिल्ला प्रशासनले चार किल्ला तोकेर सिलवन्दी गरेको थियो कोरोना संक्रमितको मुसिकोट नगरपालिकाको आईसुलेसनमा उपचार गराईरहेका छन ।

प्रकाशित मिति: २८ श्रावण २०७७, बुधबार १६:४९