एउटा कारुणिक कथा : पहिरोको वितण्डा (फोटो फिचर)

त्यता के के हुदै छ , यता बाढी पसेर
फेरी हामी दुखीकै खायो मुटु कलेजा ,
चरी लैजा समाचार, हामी भयौ वेघरबार ,

बाढीले घरबारी वगाएपछि विस्थापित भएका युवा रेडक्रस सोसाइटीले प्रदान गरेको राहात लिदै

प्रेमदेव गिरीले गितम भनेझै यतिबेला वागचौर नगरपालिका १२ बाफखोलाका विभिन्न वस्तीहरुमा पहिरोले वितण्डा मच्चापछि स्थानीयका मुटु कलेजोमै गहिरो चोट लागेको छ । परिवार ओत लाग्ने घर अनि पेट भर्ने मकैबाली पहिरोले सखाप पारेपछि परिवार सहित धेरै परिवारहरु विस्थापित भएर विद्यालयमा वस्न बाध्य भएका छन् ।
आधी र हुरी आउछ कहिले पानी र असिना
छिन्न र भिन्न पार्दछ फेरी दुखीकै पसिना
सुखी ज्यानलाई कस्तो छ यता पहिरो पसेर
फेरी हामी दुखीकै खायो मुटुकलेजा

पहिरो आएपछि वागचौर नगरपालिका १२ ओखरेनीमा घरभित्रबाटै फुटेको मुल

भारतबाट आएर क्वारेन्टिनमा वसेका विरसिंहको डाँगीको दुइवटा घर मात्रै बगाएन भारतमा वसेर कमाएको ८० हजार रुपैया र ९ वटा वाख्रा समेत पहिरोले एकैगास बनायो । विरसिंहले परिवार त जोगाए त पहिरोले कहिलै नफर्किन सक्नेगरी वगायो,हामी स्थलगत रिपोर्टिङ्गमा जाँदा विरसिंह हामीसंगै हिडिरहे, उनिसंग कुनै ठुला सपना थिएनन मात्रै वस्ने बास चाहिएको थियो र तत्कालका लागि खानेकुरा उनि यहि कुरा सुनाउन हामीसंग दिनभर संगै हिडीरहे ।
हिजो नि उस्तै आज नि उस्तै भोली के हुने हो ,
न दिन हाम्रो न साँझ राम्रो कतिन्जेल रुने हो,


त्यता रामरमितै छ , यता औसी पसेछ, यता बाढी पसेर, फेरी हामी दुखीका खायो………….
यहि गितका शव्द शव्दमा बाफुखोलावासीका भावनाहरु व्यक्त भइरहेका थिए, वडाकार्यालयमा फारम भराउनेहरुको घुइचो थियो, उनिहरु भन्दै थिए, तीन बर्ष भरेको फारमको क्षतिपुर्ति पाएका छैनौ, हामी यसपाली नी के आशा मान्ने, विद्यालयमा परिवार थन्काएर घरमुलीहरु क्षतिको फोटो सहित वडाकार्यालयमा आएका थिए । उनिहरुको माग एउटै थियो हामीलाई फर्केर त्यो ठाउमा वस्ने अवस्था छैन, सुरिक्षत आवास उपलव्ध गराइयोस ।
दैवको घर छ भन्थे माथी रैनछ रानी हो,
दुख र सुख सहनुपर्ने एउटा जुनी हो,
त्यता कौहि त होलानी
यता सौरै खसेर, फेरी हामी दुखीका खायो मुटु कलेजा

दोभान बजारदेखि ओखरेनी जोड्ने सडक तहस नहस भएको छ

बाफुखोलामा एक सय बर्ष पछि बाढी फर्किएको छ , बाढीले बाफुखोलाका ५० प्रतिशत भन्दा वढि घरहरुमा ठुलो क्षति पु¥यायो, पत्रकारहरुको टोली घटनास्थल पुग्दै गर्दा हामीप्रति उनीहरु धेरै जिज्ञाशु भइरहेका थिए, मनभरी पिडा बोकेर घरवरीपरीको क्षति देखाइरहेका थिए, उनिहरुका हरेक व्यवहारले यहि गितका शव्दहरु ओकलीरहेको थियो,

बाढीले पुरिएको घट्टमा बाँकी अवशेष खोज्दै स्थानीय

खोलाले घर मात्रै पुरेको थिएन, गाउका घर झिलीमिली पार्ने लघुजलविद्युत उजाड बनाइदिएको थियो, सडकबाट जता हेरे नी पहिरो नखसेको कुनै ठाउ थिएन , खोलामा रहेका ६ वटा पानी घट्टहरु वगाएको थियो । त्यहि बगाएका घट्टहरुमा बाँकी अवशेषहरुहरुमा भविष्य खोजीरहेका थिए, स्थानीयहरु ।

विजय लघु जलविद्युतको विद्युत उत्पादन गृह दुइतिरबाट आएको बाढी पसेपछि घर समेत चर्किएको छ

गाउँमा जाने सडक तहस नहस छ,, पाक्नै लागेको मकैबारीमा समेत क्षति पु¥याएको छ । केहीदिन अघि सिन्धुपाल्चोकमा भएको पहिरोको कथा नभुल्दै बाफुखोला तहस नहस बनाउने गरी वगायो ।


खोला रोक्न रोपेका वैसका रुखहरु दोभान बजार नजिकै रहेको पुलमा रहेको पिलरमा अडिएर बजारमै क्षति गरेको छ । बजारमा भण्डारण गरेका आलु पुरिएका छन् वजार हिलाम्य छ, वजारमा रहेका घरहर चर्किएका छन् ।

दोभान बजारमा रहेको यहि पुलका कारण पटक पटक वजार डुवानमा पर्ने गरेको छ

आलुको पकेट क्षेत्रको रुपमा हेरिएको बाफुखोलामा देखिने दृश्यले जसलाइ नि भावुक बनाउछ, विद्यालयमा वसेका विस्थापित परिवारहरुका आँखामा आशू वरवरी झरेको देख्दा कसैको पनि मन थाम्न सकिदैन, अहिले पहिरोको सन्त्रासले आफु मात्रै जोगिन विद्यालयमा सरे, कोही आफन्तकोमा वसे ज्यान जोगाए, अव उनिहरुलाई राहात चहिएको छ । अनि सुरक्षित अवास पनि ।

घर फर्किन सक्ने अवस्था छैन अव कहाँ जाने

कर्णाली प्रदेश सरकार र दार्मा गाउँपालिकाको तर्फबाट राहात वितरण गरिएको छ । त्तकालका लागि राहातले उनिहरुलाई राहात दिएपनि दिर्घकालिन सोच्न जरुरी देखिन्छ ।
(रमेशकुमार वली÷मिना बुढाथोकी, स्थलगत रिपोर्टिङ्गबाट बाफुखोलाबाट फर्किएपछि)

प्रकाशित मिति: ११ भाद्र २०७७, बिहीबार १२:३४