
-
-
-
-
-
-
-
-
-
-
-
-
-
- लाेक बहादुर विक
-
-
-
-
-
-
-
-
-
-
-
-
केहि दिन यता सल्यानमा बला’त्कारका घटनाहरु बढदै गएका छन् । यस्तो घटना सल्यानमा मात्र होइन । देशै भरी वा विश्वभरी नै घट्ने गरेका छन् । यौनका मामलामा खुल्ला मानिएको पाश्चात्य मुलुकहरुमा पनि त्यस्तै भयावह छ ।
मानिस किना क्रुर र अपराधी बन्छ ? यस्ता प्रश्नहरुको उत्तर पुर्विय ग्रन्थहरुका अनुशार अनेक दर्शन,धर्म र समाजिक परिवेशको आधारमा दिने गरिएको थियो । जतीवेला सम्म सिग्मण्ड फ्राइडले मनोविज्ञानको परिभाषा दिएका थिएनन् । त्यहि कारण मानिसहरुले मानसिक चेतना गुमायो भने त्यसलाई भगवान बेखुसी हँुदाको परिणती मानेर कोटमा पुजा गर्ने गरिन्थ्यो । समाजमा जे हुन्थ्यो गुपचुप मै हुन्थ्यो । तर सिग्मण्ड फ्राइडको मनोविज्ञान पढेकाले यस्तो कुरा गुपचुपमा नियन्त्रण होइना बाहिर व्यक्त गर्नु पर्ने बताए । जो पहिले देखिनै आप्mना इन्द्रियहरुलाई नियन्त्रण गर्न सक्ने क्षमताका थिए उसले केवल बुझे र मनन् गरे । जो मध्यम स्तरका बुझाइ भएका थिए उनले यसलाई दमन नगरी उजागर गर्नै पर्नेमा सहमती जनाए । फ्राइडका अनुशार कुण्ठा केवल पे्रममा मात्र हुदैन ।
कुनै पनि व्यक्तिलाई मनैदेखि गाली गर्न मन थियो तर उसमा गाली गर्न सक्ने क्षमता छैन भने त्यो मनमा दवाएर राख्छ अनि कुण्ठाको जन्म हुन्छ । दाम्पत्य जीवनमा यौन भावनाको महत्वको विषयमा सवैभन्दा पहिले मनोवैज्ञानिक तहमा विश्लेशन गर्ने व्यक्ति सिग्मण्ड फ्राइड नै हुन । फ्राइड भन्दा पहिले पुर्विय साहित्यमा काम शास्त्र जस्ता ग्रन्थहरु नभएका होइनन् । धर्मले ढाकिएको समाजमा यौनको महत्व समेत रहेको बताउन वात्सायनले कामसुत्रको रचना गर्दा कम्ति आलोचना खेपेनन् होला । यसले हिन्दु धर्म यौन जीवनको मामलामा कठोर छैन भन्ने कुरा अनुमान गर्न सकिन्छ । तर पुरै धर्ममा बन्द समाज यौनको विषयमा कठोर बन्दै गयो । पुर्विय विद्धानहरुले यौनको विषयलाई बाहिर प्रकट गर्नै नहुने कुराको चित्रण गर्न थाले र समाजले त्यसैलाई स्वीकार ग¥यो । हामी र हाम्रो समाज त्यसबाट कठोर बन्दै गयौ ।
आखिर किन हुन्छन् त यस्ता अपराधिक व्यवहारहरु
- मानिसको सचेतन र अचेतन मन हुन्छन् । चेतन मन जागृत अवस्था हो । सचेत अवस्थामा दैनिक दिन गरिने गतिविधीहरु पर्दछन् । यस अवस्थामा क्रिया,विचार,धारणा र व्यवहारहरु प्रर्दशित हुन्छन् । जो सकारात्मक पनि हुन्छन् र नकारात्मक पनि ,हरेक मानव मनमा सकारात्मक विचार मात्र उत्पन्न हुन सक्ने वातावरण निर्माण गर्न सक्नु भनेको अपराधिक घटना कम गराउने उपयुक्त विधी हो । तर जुन व्यक्तिमा सकारात्मक सोच अनि व्यवहार भन्दा नकारात्मक सोच र विचार बढि आउछन् जसलाई नियन्त्रण गर्न सक्दैनन् भने यस्तो व्यक्तिबाट अपराधिक व्यवहारहरु प्रकट हुन्छन् ।
- मनोबैज्ञानिक फ्राइडले भन्न्ु भएको छ, मनुष्यको मुल प्रबृत्ती रति हो । जसलाई पाश्चात्य चिन्तनमा सेक्स नामले चिनिन्छ भने पुर्वी चिन्तनले रति भन्छ । पुर्विय वा पाश्चात्य दुवैले यौनलाई जैविकिय आवश्कताको रुपमा व्याख्या गरेका छन् । स्वस्थ यौन कार्य भन्दा पछिल्लो समय अस्वस्थ यौन विकृतीका घटनाहरु बढिरहेका छन । जुन व्यक्तिले यौनलाई नै आनन्दको साधन सम्झिन्छ,सोचिरहन्छ,आफनो पुरै सोचाइलाई यौनले नै छोप्छ त्यस्तो व्यक्तिबाट अपराधिक कार्य हुने गर्दछन् ।
- नारी र पुरुष विचको आकर्षणमा यौन भाव नै क्रियासी हुन्छ । मानिसको शरीरमा हुने इण्डिपस ग्रन्थीहरुमा कामभावको सर्वाधिक मात्रामा ज्ञान हुने गर्दछ । यो बाल्यकाल देखि नै स्वप्रेममा निर्माण हुन्छ भने पछि गएर स्वलिंगी तथा आयू बृद्धिको साथमा परलिंगी प्रेम,पुरुष या स्त्री प्रतिको कामभावना र स्वभाविक आकर्षण हुने गर्दछ । यदि परिपक्व अवस्थामा स्वभाविक क्रमागत परिवर्तनको साथमा स्थान्तरीकरण हुँदैन भने स्त्री र पुरुषको स्वस्थमय जीवनको लक्षण नभएर एक अविकसित एवं बाधक जीवन भएर अनेक किसिमको रोगहरु विकृतीहरुको समेत शिकार हुने गर्दछ । यसकारण पनि गलत खालका व्यवहारहरु देखाउने गर्दछन् ।
- अध्याधिक मदिरा सेवन गर्नु , मदिरा सेवन पश्चात यौन कार्यमा अग्रसर हुनु ।
नियन्त्रणका लागि के गर्ने त ?
- अधिकांश हाम्रो समाजमा बला’त्कारका घटना घटनुमा महिलालाई दोष दिइने,उसले नै आफुलाई जोगाउन नसकेको,जिम्मेवार नभएको भन्ने गरिन्छ, यसरी महिलालाई मात्र जिम्मेवार बनाएर बलात्कारका घटना क मगर्न सकिदैन । बलात्कारका घटना पुरुष विना संभव छैन् त्यसैले महिला भन्दा बढि जिम्मेवार पुरुष हुनु पर्दछ ।
- विद्यालय शिक्षा र टोल टोलमा यौन घटनाको वारेमा सचेत गराउने छलफल अन्तरक्रिया व्यापक गर्ने तथा सुरक्षा समुह गठन गर्ने ।
- कस्तो खालको व्यवहार,दृष्टि गलतखालको हो भन्ने कुरा महिलालाई बुझाउने भने पुरुषलाई आफनो जिवनसाथी भन्दा बाहिर यौन सोच जानथाले कसरी नियन्त्रण गर्ने भन्ने वारेमा सचेत बनाउने र कानुनी व्यवस्थाको वारेमा बुझाउने ।
- अस्वस्थ यौन प्रबृत्तिमा लिप्त व्यक्ति खतरा हो । किनभने बला’त्कार पछि हत्या गर्ने ,मार्छु,काटछु भनि धम्की दिने गर्न सक्छ । त्यसैले तपाइको मन जता बढि लैजानु हुन्छ त्यतै तिर बढि जाने गर्दछ । मनलाई जंगली होइन,सामजिक सेवा,प्रतिष्ठा तिर लैजाने हरबखत प्रयास गरिरहनु पर्दछ ।
- कडा कानुन मात्र यसको विकल्प नहुन सक्छ । प्रयाप्त कानुनलाई बढि व्यवहारिक बनाउनु । कोहि कसैको प्रलोभनमा पर्ने खालको वातावरण हुन नदिनु । बलात’कृत व्यक्तिले क्षतीको ५ गुणा बढि राहतको महशुस गर्ने खालको न्यायीक बतावरण हुनु पर्दछ । हाम्रो परिवेशमा सव भन्दा धेरै न्याय क्षेत्र नै प्रलोभनमा पर्ने गर्दछ
- विभिन्न नजिरहरुलाई आधार बनाएर पिडकलाई उन्मुक्ति दिने गरिन्छ,कारबाहिको अवधी छोट्याइन्छ । त्यसकारण बला’त्कार भनेको बलात्कार नै हो जसलाई कुनैपनि व्याख्या विश्लेषण नगरिकना कारवाहि हुनु पर्दछ ।
- जो व्यक्ति वा समुह बला’त्कारीको बचावटमा लाग्छ त्यो व्यक्ति वा समुहलाई पनि बला’त्कार गरेको व्यक्ति सरह कानुनी कारबाहि हुनु पर्दछ । नेताको भनसुन र पैशाको चलखेललाई पुर्ण रुपमा निस्तेज पार्ने खालको राजनितीक,सामाजिक संस्कारको सुरुवात गरिनु पर्दछ ।
- हरेक व्यक्तिलाई नैतिकताको पाठ सिकाउने मात्र होइन व्यवहारिक अभ्यास गर्ने बनाउनु पर्दछ ।
- नैतिक शिक्षा र सामाजिक सद्भावको विकास विना यस्ता आपराधिक गतिविधी रोक्न सकिँदैन ।
- आफना सन्तानहरुलाई बाल्यावस्था देखि नै यस्ता घटनाहरु प्रति दुरुत्साहन गर्ने व्यवहार सिकाउदै आउनु पर्दछ ।
- अहिले जति पनि बलात्कारका घटना घटेका छन् पाको उमेरका पुरुषबाटै घटेका छन् । उमेर पुगेका पुरुष,विवाहित पुरुष बाट नै घटना घटनु सामाजिक विकृतीको उपल्लो रुप हो । भर्खरका युवा वा अविवाहितबाट निकै कम मात्रामा मात्र घटना घटेको पाइन्छ । बला’त्कृत हुनेमा धेरै बालिका छन् । यौवन अवस्था प्रवेश गरेकी मात्र नभइ यौन अंगको विकास राम्रो नभएकी बालिका यस्तो घटनाकी सिकार बन्ने गरेको पाइएको छ । पाको उमेरका पुरुषबाट नाबालिका बलात्कृत हुनु भनेको कति सम्मको निच व्यवहारको प्रर्दशन हो जो अभिभाबकिय जिम्मेवारी निभाउनु पर्ने हो उ बाट नै यस्तो हर्कत हुनु पक्केै पनि हाम्रो समाजिक तथा व्यक्तिगत मनोबृत्ति खराव हुनु हो । नकारात्मक सोचाई व्यक्तिले नियन्त्रण गर्न सकेन,समाजमा अपाच्य घटनामा मन जानु मानवको लागि सवै भन्दा ठुलो मनोरोग हो । बाबा शिक्षाको जरुरी देखिन्छ, हरेक स्थानीय तह मार्फत प्रत्येक व्यक्तिलाई नकारात्मक सोचलाई सकारात्मक सोचमा परिवर्तन गर्ने खालको थेरापी,अन्तरक्रिया गरिनु पर्दछ ।
- म संग यस्तो सोच किना आइरहेको छ भनेर मनन् गर्न लगाउने र यसले म,मेरो समाजलाई के सकारात्मक र के नकारात्मक प्रभाव पार्दछ भन्ने कुरामा सचेतना जगाउने खालका क्रियाकलापहरु गर्न जरुरी छ ।
- बलात्कारीहरुलाई जेलमा नै मनोशिक्षा दिनु पर्दछ । उनीहरुको भावना,इच्छा,चाहाना कस्तो आयो र यस्तो कु कार्यमा संलग्न भए भन्ने कुरा बुझन पनि जरुरी छ । यौनको वारेमा खुलेर छलफल गर्ने,बुझने र बुझाउने वातावरण निर्माण हुनु नियन्त्रणको अर्को उपाया हुन सक्छ ।
- सस्कार हामीले निर्माण गर्न सक्छौ हिजो पुर्विय दर्शनले यौनलाई गोप्य बनायो यौनका वारेमा वोल्नै नहुने बनायो । यसको अर्थ,महत्व र प्रयोगको विधी बुझाइएन । उतम व्यक्ति आफनो तरिकाले बुझयो र प्रयोग गरे, मध्यम व्यक्तिले र निच स्वभावका व्यक्तिले आफनो बुझाइ अनुशार कामर व्यवहार ग¥यो । बुझाइमा एकता र व्यवहारमा एकता आउन सकेना । यो पनि घटनाको माध्यम बन्यो ।
- यौन सम्बन्धी सचेतना र एकताको बुझाइ गराउन सचेत मानवले गर्नै पर्ने देखिन्छ । नत्र हरेक छोरीले अकालमा ज्यान गुमाउने र गिद्दे बाबाहरुको सिकार बन्नु पर्ने छ ।
- हाम्रा आध्यात्मिक दर्शनहरुको वैज्ञानिक अनुसन्धान गर्न जरुरी भइ सक्यो । कस्तो सामाज निर्माण भइरहेछ ,कस्तो शिक्षा व्यक्तिले सिकी रहेको छ जहाँ कोहि केटि देख्न नहुने । यो सवै हामीलाई यौन प्रति सिकाएको गलत शिक्षाको उपज नै हो । त्यसैले अव यौन मनोविज्ञानवारे खुल्ला छलफल र बुझाइ बनाउनै पर्छ ।
- यौन एक मनोबैज्ञानिक समस्या हो । मनलाई परिवर्त गरि यौन इच्छा बढाउन र घटाउन सकिन्छ । किशोर किशोरी अवस्थाका छोराछोरीलाई आमा बुबाहरुले राम्रोसँग बुझाउनु पर्दछ ।
प्रकाशित मिति: ३ आश्विन २०७७, शनिबार १२:४८