कभर खबर

  • २० आश्विन २०७७, मंगलवार १०:५६

मंगल ग्रह पृथ्वीकाे नजिक आइपुग्याे

काठमाडौं ।

मंगल ग्रह अहिले पृथ्वीको नजिक छ। सन २००३ यता पहिलाे पटक मंगल ग्रह यति नजिक आएकाे हाे र अब १५ वर्षपछि मात्रै मंगलग्रह पृथ्वीको अहिलेकाे जस्ताे नजिक आउने वैज्ञानिकले बताएका छन्। हरेक रात अक्टोबर भर मंगलग्रह पृथ्वीबाट स्पष्ट रुपमा देखिन्छ।

हरेक बेलुका पूर्वबाट देखिने मंगल ग्रह सबेर बिहान पश्चिम तिर देखिन्छ ।रातिमा रातो तारा देखिएको मंगल ग्रह हो । सधैँ यो रातो तारा यसरी स्पष्ट पृथ्वीबाट देखिँदैन ।

मंगल ग्रह र पृथ्वीले पूर्ण वृत्तमा परिक्रमा गर्दैनन् । उनीहरुको परिक्रमा चक्र ओभल जस्तो छ। मंगल ग्रहलाई परिक्रमा पूरा गर्नका लागि ६८७ दिन लाग्छ । जब पृथ्वी सूर्यको नजिक पुग्छ तब मंगल ग्रह पर जान्छ ।एजेन्सी

प्रकाशित मिति: २० आश्विन २०७७, मंगलवार १०:५६