
सल्यान-सबै मानिसको रोजाइमा प्रसस्त सेवा, सुविधा र अवसर भएको सुगम ठाउँ पर्ने गर्दछ । त्यसैले शहर सबैको रोजाइ पर्ने गर्छ । जसको कारण गाउँ वस्तीहरु रित्तिदै जान थालेका छन् । यही वीचमा शहर, तराइ र सुगमतीरको बसाइसराइलाइ रोक्न कर्णालीमा दुई नयाँ शहरको सपना देखिएको छ । उक्त सपनालाई सार्थकता दिन सुविधासम्पन्न आधुनिक नयाँ शहर निर्माणको काम अगाडी बढिसकेको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुमको चौरजहारी र दैलेखको राकम कर्णालीमा आधुनिक सुविधा सम्पन्न सहर बन्दैछन् । नयाँ सहरमा एक/एक लाख मानिस बसोबास गराउन आवश्यक सम्पूर्ण सुविधा र पूर्वाधार विकास गरिनेछ । यसले सहर र तराईमा बसाइसराइ कम गराउने विश्वास ब्यक्त गरिएको छ ।
आधुनिक शहर निर्माण पश्चात पक्कै पनि मानिसहरुको बसोबास यस क्षेत्रमा बढ्ने नै छ । बसाइ बढेपछी आर्थिक क्रियाकलाप त झन् बढ्ने भइनै हाल्यो । जसका कारण बसाइसराइ रोकिने छ, यहाँका स्थानीय वासिन्दाको सामाजिक तथा आर्थिक स्तर माथी उठ्ने पनि छ ।
सेवा सुविधा र अवसरको खोजीमा हिमाल र पहाडबाट कोही पनि शहर वा तराई पस्न नपरोस् भन्ने उद्देश्यका साथ नेपाल सरकारको मध्यपहाडी लोकमार्गमा दश वटा नयाँ शहर बनाउने लक्ष्य अनुसार आ.व.२०६८।०६९ देखि घोषणा भई काम सुरु गरको तथा व्यवस्थित रुपमा आ.व.२०७१।०७२ देखि कार्यालय नै स्थापित गरि शहरी पुर्वाधारहरुको कामले गति लिएको देखिन्छ । लोकमार्ग आसपासको बस्ती समेटेर विसं २०९० सालसम्म दश वटा सुविधा सम्पन्न शहर निर्माण गर्ने लक्ष्य छ । जस अन्तर्गत रुकुमको चौरजहारी र दैलेखको राकम कर्णालीमा नयाँ शहरका लागि धमाधम काम भइरहेको सहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सि.डि.ई. सुरेश कुमार वाग्ले भन्छन्, ‘नयाँ सहरमा सडक, खानेपानी, खेलुकद मैदान, बसपार्क, आधुनिक बस्ती, पार्क, स्कुल, कलेज, अस्पताल, तरकारी बजार, औद्योगिक क्षेत्रलगायतका पूर्वाधार विकासका काम भइरहेका छन् ।’
आधुनिक शहर निर्माण पश्चात पक्कै पनि मानिसहरुको बसोबास यस क्षेत्रमा बढ्ने नै छ । बसाइ बढेपछी आर्थिक क्रियाकलाप त झन् बढ्ने भइनै हाल्यो । जसका कारण बसाइसराइ रोकिने छ, यहाँका स्थानीय वासिन्दाको सामाजिक तथा आर्थिक स्तर माथी उठ्ने पनि छ । नयाँ शहर आयोजना अन्तर्गत यहाको लक्ष्य अनुसार तयार गरेका आयोजनाहरु सन्चालन भईरहेका छन् । कुनै आयोजनाहरु सम्पन्न भईसकेका छन भने कुनै निर्माण चरणमा रहेको चौरजहारी नगरपालिकाका मेयर विशाल शर्माले बताए । यद्यपी हाल कामको गति सोचे अनुरुपमा नै चलिरहेको भएपनि वजेट अभावको कारणले भएका कामको पनि भुक्तानी हुन नसकेको बताइन्छ ।
चौरजहारी बसपार्कको दोश्रो चरणको काम शुरु
चौरजहारी नयाँ शहर अन्तर्गत घारी गाउ (नयाँशहर) को पहिलो चरणको ‘व्लक प्लान’ तयार गरी मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गराई राजपत्रमा समेत प्रकाशित गरी अब थपकाम अगाडी वढाउने क्रममा रहेको छ।
चौरजहारी वसपार्कको पहिलो चरणको काम सकेर आ.व.२०७७।०७८ मा दोस्रो चरणको कामको ठेक्का लगाई काम सुरु चरणमा रहेको छ । दोस्रो चरणको निर्माण पश्चात बस व्यवसायी समितिलाई हस्तारण गरिने शहरी विकास तथा भवन निर्माण अन्तर्गत नयाँ शहर आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक रोशन श्रेष्ठले बुटवल टुडेलाई बताए । यस्तै नयाँ शहर आयोजना कार्यालयमा एकीकृत सरकारी अवधारणा अनुसारको कार्यलय भवन निर्माण सम्पन्न भइ कार्यालय समेत सञ्चालनमा आइसकेको छ ।
तीनवटा सामुदायिक भवन निर्माण कार्य अन्तीम चरणमा रहेको छ । बसपार्क निर्माण भइसकेको छ भने तरकारी बजार निर्माणको चरणमा छ । एकीकृत सेवा केन्द्र यसै आ.व.मा निर्माण सम्पन्न हुँदै छ । चौरजहारीमा करिव १५ किलोमिटर रिङ रोड ट्रयाक ओपन गरी स्तरोन्न्ती गरी सकेको र बाँकी रिङरोडको लागि डिपिआर तयार भईसकेको छ । चौरजहारी नयाँ शहर अन्तर्गत घारी गाउ (नयाँशहर) को पहिलो चरणको ‘व्लक प्लान’ तयार गरी मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गराई राजपत्रमा समेत प्रकाशित गरी अब थपकाम अगाडी वढाउने क्रममा रहेको छ।
चौरजहारीको मूख्य बजारको केहि मात्र भागमा ढल व्यवस्थापन भएको छ । साविकको कोटजहारी तथा विजयश्वरी गा.वि.स.लाई जोडेर यस नयाँ शहर चौरजहारीको कार्यक्षेत्र तोकीएको छ । त्यस कार्यक्षेत्र अन्तर्गतका सबै वस्तीहरुलाई हाल सडक सन्जाल द्धारा बजारसंग जोडि सकेको तथा चौरजहारी वजारका मुख्य सडकहरुको करिब ७ किलोमिटर भन्दा बढी सडक कालोपत्रेको काम यसै आ.व मा सम्पन्न हुने छ ।
बसपार्क र तरकारी बजारका लागि राकम कर्णालीमा जग्गा छनौट हुन सकेन
निकै धेरै सम्भावनाहरुको श्रृजना गर्न सक्ने गरी राकम कर्णालीमा पनि नयाँ शहर बन्दै छ । नयाँ शहर आयोजना समन्वय कार्यालयका अनुसार यहाँ एकीकृत सरकारी अवधारणा अनुसारको कार्यलय भवन ठेक्का प्रक्रियामा गइ निर्माण प्रक्रियाको चरणमा छ । तर स्थानिय तहबाट जग्गा स्थान छनोट प्रक्रियामा ढिलाई भएकोले बसपार्क निर्माण कार्य हाल स्थगन गरिएको छ । तरकारी संकलन केन्द्रको लागि पनि स्थानीय तहले स्थान छनौट गर्न सकिरहेको छैन ।
सार्वजनीक पार्क बन्ने क्रममा छ भने निकै महत्वको दुई वटा भेल्तडी खानेपानी आयोजना र पाट्केथान सानेगडा खानेपानी आयोजना निर्माण कार्य अन्तिम चरणमा रहेको छ । नलमाण्डु भन्ने स्थानमा सार्वजनिक जग्गा संरक्षण गरेर राखिएको छ । आगामी वर्ष बगरखेत जग्गा एकिकरण आयोजनामा संगै ढल निर्माण कार्य सञ्चालन हुने छ । त्यस क्षेत्रमा हाल सम्म ५ कि.मीको नया ट्रयाक खोलिएको छ भने १ कि.मी. कालोपत्रे समेत भइसकेको छ ।
चहलपहल र जग्गाको किनबेच बढ्यो
नयाँ शहर बन्ने चौरजहारी र राकममा पछिल्लो समय चहलपहल बढेको पाइन्छ । जग्गाको किनबेच बढेको, भाउ पनि आकासिएको स्थानीयहरु बताउँछन् । होटेल, अस्पताल, स्कुल खोल्ने क्रम बढ्न थालेको पनि स्थानीयहरुले बताउँछन् ।
ढल, सडक, बिजुली, खानेपानी, यातायात, अस्पताल, स्कुल, कलेज, मनोरञ्जन पार्क शहरलाई चाहिने अत्यावश्यक पूर्वाधार भएकाले अव निर्माण हुने नयाँ शहरमा यी पूर्वाधारको व्यवस्थीत रुपले विकास गरिने शहरी विकास मन्त्रालयले जनाएको छ ।
नेपालको सन्दर्भमा सरकारले यस अघि आफै शहर बनाएको देखिदैन । स्थानीय बासिन्दा बस्दै जाने क्रममा उनीहरूको आवश्यकता पूरा गर्दै जाँदा शहर स्थापना भएकाले अधिकांश हाम्रा शहर व्यवस्थित छैनन् । जनसंख्याको अधिक चाप, अव्यवस्थित भौतिक संरचना र अपर्याप्त आधुनिक सेवा, प्राकृतिक स्रोतको अभाव र असमान वितरण, फोहर व्यवस्थापनमा कमजोरी जस्ता कारण हाम्रा शहरहरूलाई ‘व्यवस्थित शहर’ बनाउन अझ धेरै पहल गर्नुपर्ने देखिन्छ । समयका क्रममा बनेका यस्ता शहरमा बाटोघाटोको पहुँच र अन्य संरचना विस्तार गर्न ठूलाठूला बस्ती विस्थापन गर्नुपर्ने देखिन्छ, जुन प्राविधिक तथा आर्थिक दृष्टिले स्वाभाविक र सहज देखिँदैन । यसर्थ अव बन्ने शहरहरु ब्यवस्थीत बन्न आवश्यक छ । कर्णालीको यी दुई शहर चौरजहारी र राकम कर्णाली पनि सबैको आकर्षणको केन्द्रको रुपमा रहने गरी निर्माण गर्न जरुरी छ ।
नागरिकको चाहना र भावनाअनुसारको शहरीकरण गर्न राज्यले थप बढी ध्यान केन्द्रीत गर्नुपर्छ । किनकी दीर्घकालीन रूपमा योजना तर्जुमा गरेर निर्माण गरिने भौतिक संरचना दिगो र स्थायी हुन्छ । मध्यपहाडी लोकमार्गमा निर्माण हुन लागेका पूर्वाधारसहितको आधुनिक र व्यवस्थित हशर जनताको समृद्धिको सपनासँग जोडिएको विषय भएकाले प्राथमिकता दिइएको शहरी विकास मन्त्रालयले बताउदै आएको छ ।
शहर व्यवस्थित नहुँदा द्वन्द्व उत्पन्न गराउँछ । आर्थिक गतिविधिमा गतिरोध उत्पन्न हुन्छ । ढल, सडक, बिजुली, खानेपानी, यातायात, अस्पताल, स्कुल, कलेज, मनोरञ्जन पार्क शहरलाई चाहिने अत्यावश्यक पूर्वाधार भएकाले अव निर्माण हुने नयाँ शहरमा यी पूर्वाधारको व्यवस्थीत रुपले विकास गरिने शहरी विकास मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: १७ फाल्गुन २०७७, सोमबार ११:०५