
काठमाडौं ।
अब नेपाली आकासमा पनि इन्टरनेट चलाउन पाइने भएको छ । त्यसका लागि दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र खुलाउने तयारी गरिरहेको उल्लेख गरिएको छ ।
प्राधिकरण स्थापनाको २३ वर्ष पुगेको अवसरमा बिहिबार आयोजित कार्यक्रममा बोल्दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले यसबारे जानकारी दिनुभएकाे छ ।
‘आईकाओको नीति अनुसार अनुमतिपत्र खुलाउने प्रक्रिया अगाडि बढाइरहेका छौं,’ खनालले भन्नुभयाे, ‘त्यो सँगै १० हजार फिट माथि आकासमा विदेशी प्लेनमा इन्टरनेट चलाउन सकिने छ ।’
प्रकाशित मिति: २० फाल्गुन २०७७, बिहीबार १२:२९