
सल्यान, ६ असोेज ।
सल्यानको दानवाङमा आयोजना गरिएको भलिवल प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीतामा थ्रिस्टार युवा क्लव कपुरकोट ३ प्रथम भएको छ । यस्तै आयोजक टिम कपुरकोट २ द्वतीय र सनराइज युवा क्लव लुहाम तृतीय भएको आयोजकले जनाएको छ ।
विजेता खेलाडिहरुलाई कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । प्रथम, द्वतीय र तृतीय हुने समूहले क्रमशः १५ हजार, १० हजार र ५ हजार तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
दानवाङ मेलाको अवसरमा भलिवल खेल प्रतियोगीता सञ्चालन गरिएको थियो । सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष सेनले खेल क्षेत्रको विकास र खेलाडि उत्पादनका लागि गाउँपालिका सक्रिय रहेको बताए । खेल सामग्रि वितरण, खेल मैदान निर्माण जस्ता कार्यक्रमहरु सञ्चालन गरिने उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै कपुरकोट २ का वडाध्यक्ष मान बहादुर राना, तरुण दल सल्यानका क्षेत्रीय सभापति यगराज वलीले अनुशासित र स्वस्थ नागरिक उत्पादनका लागि खेलको महत्व रहेको बताएका थिए । मेला संयोजक भिम बहादुर बुढाको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन शुक बहादुर विकले गरेका थिए ।

प्रकाशित मिति: ६ आश्विन २०७८, बुधबार १६:००