खेल क्षेत्रको विकासको लागि रातदिन खट्छु : मन्त्री शर्मा

प्रचण्ड खत्री
रुकुम पश्चिम, ३१ असोज ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले खेल क्षेत्रको विकासको लागि महत्वपूर्ण काम अगाडी बढाइएको बताएका छन् । रुकुम पश्चिमको बाफिकोट गाउपालिका वडा नम्बर ६ मा प्रगतिशील युबा क्लबले आयोजना गरेको बिबिध खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उनले प्रदेश सरकारबाट रंगशाला निर्माण र खेलाडीलाई प्रोत्सानको कार्यक्रम अगाडी बढाएको बताए । कार्यक्रमका प्रमुख अथिति समेत रहेका मन्त्री शर्माले आफु खेलकुदबाट बाटै हुर्कियको बताउदै खेलाडीको निम्ति रातदिन खट्ने प्रतिबद्धता जनाए ।

अर्को प्रसंगमा उनले बिकास निर्माणको काम गर्दा उपभोत्ता समितिबाट गराउन निर्देशन दिए । क्लबका अध्यक्ष देबराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य रातो कामि , बाफिकोट गाउपालिका अध्यक्ष धर्मबहादुर केसी , नेकपा माओबादी केन्द्रका बाफिकोट गाउपालिका ईन्चार्ज महेन्द्र केसी लगायतको उपस्थिती थियो ।

क्लबका सदस्य नबिन खत्रीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको संचालन क्लबका सचिब बिबेक खनालले गरेका थिए । खेलकुद कार्यक्रम अन्तर्गत खुल्ला वडा स्तरिय पुरुष र महिला भलिबल प्रतियोगीता, छेलो, डोरी तान्ने जस्ता खेलकुद प्रतियोगीता संगै लोक दोहोरी प्रतियोगिता पनि सञ्चालन हुनेछन् ।

प्रकाशित मिति: ३१ आश्विन २०७८, आईतवार १८:१९