
दक्षिण एसियालि खेलकुद प्रतियोगिता सागको १३औं संस्करणमा महिला म्याराथुनमा रजत पदक विजेता खेलाडी सल्यान की पुष्पा भण्डारीलाई कर्णाली प्रदेश सरकारले नगद पुरस्कार प्रदान गरेको छ । स्वर्ण पदक विजेतालाई ३ लाख, रजत पदक विजेतालाई २ लाख र कास्य पदक विजेतालाई १ लाख वितरण गर्ने निर्णय बमोजिम सम्मान गरिएको आर्थिक मामिला मन्त्री ज्वालाले जानकारी दिनुभयो ।
‘साग खेलकुद प्रतियोगितामा दुई राष्ट्रिय कीर्तिमानसहित रजत पदक प्राप्त गर्न सफल म्याराथन धाविका सल्यानी चेली पुष्पा भण्डारीलाई २ लाख पुरस्कार सहित सम्मान गरिएको हो । पुरस्कार नेपाल भ्रमण वर्षको उद्घाटन समारोहका अवसरमा बुधवार उपलब्ध गराइएको हो ।
प्रकाशित मिति: १७ पुष २०७६, बिहीबार ०७:४५